लिम्बु समुदायको मौलिक पर्ब सिसेक्वा ताङनाम मनाउँदै

धनकुटा खबर / तेह्रथुम, १ साउन । नेपालको पुर्बी लिम्बुवानमा बसोबास गने लिम्बु समुदायले मौलिक पर्ब सिसेक्वा ताङनाम आज मनाउँदैछन ।

यो पर्ब प्राय सबै नेपालीहरुले मान्ने गरे ता पनी यी समुदायले बिषेश गरेर मौलिक पर्बको रुपमा मनाउने गरेको पाईन्छ । आजको दिन अर्थात साउन १ गते साउने सग्रान्तीको दिन आम नेपालीहरुले लुतो फाल्ने दिनको रुपमा लिए पनि लिम्बु समुदाय र यो पर्बको महत्व भने छुट्टै रहेको लिम्बु समुदायका मुन्धुम बिदहरुले बताउने गरेका छन ।

नेपालको पुर्बी लिमबुवानमा बसोबस गर्न लिम्बु समुदायका लिम्बुहरुले साउन १ गते अर्थात सिसेक्वा ताङनाम साउने सग्रान्ती आजको दिन घर वरीपरी तथा खेतबारीमा रहेका अन्नबाली तथा फलफुलहरु संकलन गरी हरीयो बाबियोमा लहरै सिउरीएर घरको मुल ढोकामा झुन्ड्याउने गरेको छन ।

बेलुकीपख अपलक सबेरै याँ घरमा मिठो मसिनो सबै परिवार मिलेर खानपिन गरी सके पछि वरपर सबैतिर एकाक्सी बन्दुकहरु पडकाउने थाल झ्याम्टा नाङलो र ढोलहरु बजाउने गरेका छन । साथै प्रत्येक घरको मुल खाँबाबाट बच्चादेखी युबा युबातीहरु बुढापाकाहरुको निर्दैसनमा घरवरीपरी घुम्दै खराब बस्तुलाई हटाउँदै अनिकाल जाउ साहाकाल आउ भन्दै घरदेख केही पर सम्म सामाग्री बजाउँदै रमाईलेको साथमा यो पर्व माउने गरेका छन ।

खेती गर्ने समयमा यी समुदायले आफुले कमाई गरेको अन्नबाली तथा लगाएको फलफुल खेर्ती सुष्टीकर्तालाई आवा पानी असिनाले क्षती नगरोस नभनेर पुजेको हुनाले अन्नबाली तथा फलफुलहरु फल लागे पछी पुन पञ्च प्रकृतीको रुपमा चढाउने गरेको ताप्लेजुङका ज्ञानु फुरुम्बो चरापेले बताउनु भयो । सिसेक्वा ताङनामको अबसरमा आज नेपालको पुर्बी लिम्बुवान उपत्यका लगातयत स्वदेश तथा बिदेसमा रहेको लिम्बु समुदायकहरुले भब्य रुपमा यो पर्ब लाई बिषृस कार्यक्रमका साथ मनाउने गरेका छन ।

यि समुदायले सिसेक्वा तङनामसँगै चासोक कक्फेक्वा याक्वा तङनाम लगायतका पर्बहरुलाई मौलिक पर्बको रुपमा मनाउने गरेको पाईन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।