अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न नपाईने

काठमाडौं, १ साउन । आइतबार (आज) देखि १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अनिवार्य चेक प्रयोग गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरेको हो। जोखिम कम गर्न नगद कारोबारको सीमा घटाएको राष्ट्र बैंकको भनाइ छ।

‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन,’ राष्ट्र बैंकले भन्यो। नगद कारोबारभन्दा प्रणालीको प्रयोग गरेर गरिएको कारोबार बढी सुरक्षित हुने भएकाले यस्तो गरिएको केन्द्रीय बैंकको भनाइ छ। यसअघि ५० लाखभन्दा बढी रुपैयाँको कारोबार गर्दा मात्रै चेकमार्फत गर्नुपर्ने व्यवस्था रहेकोमा यो सीमा घटाएर ३० लाखमा झारिएको थियो।

तर, आइतबारदेखि नै १० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्य चेकमार्फत गर्नुपर्ने व्यवस्था लागू भएको हो। चेकमार्फत कारोबार गर्ने सीमा घट्दा बैंकिङ प्रणालीमा पुँजी भित्रिने अपेक्षा राष्ट्र बैंकको रहेको छ। अहिले पनि बैंकिङ प्रणालीबाहिर सर्वसाधारण, सहकारी लगायतको साथमा रहेको रकम तीन खर्बभन्दा धेरै छ। बैंकिङ प्रणालीमा भने पुँजी नबढ्दा बैंकहरुले कर्जा लगानीयोग्य रकमको अभाव झेल्दै आएका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।