साउने सोमबारको उपबास बारेमा यसो भन्छन ज्योतीष प. सरोज घिमीरे – हेर्नुहोस् भिडियो
साउन महिनामा धार्मिक अनुष्ठान, पुजाआजा तथा व्रत बस्ने गरिन्छ । यो आडम्बर वा अन्धविश्वास होइन । साउन महिनामा सात्विक भोजन गर्नु, उपवास बस्नु, धार्मिक कर्ममा संलग्न हुनुको सामाजिक तथा वैज्ञानिक महत्व पनि छ । भनिन्छ, ग्रह-उपग्रहको प्रभावले यसबेला हाम्रो शरीर कमजोर हुन्छ, पाचन यन्त्र कमजोर हुन्छ । यसबेला उत्तेजना, आवेग, कामवासना बढ्छ । त्यसो त वर्षायाम हुने वायुमन्डल ओसिलो हुन्छ, जसले विभिन्न संक्रमण फैलाउने संभावना अत्याधिक हुन्छ । विषालु किराहरुको संक्रमण पनि यहि बेला हुन्छ । त्यसैले शरीरमा हुनसक्ने संभावित संक्रमणबाट बच्न र शारीरिक स्वस्थ्य कायम राख्न उपवास एवं ब्रतले ठूलो महत्व राख्छ । त्यस्तै, मनलाई सन्तुलित र शान्त राख्नका लागि धार्मिक कार्यक्रमले सघाउ पुर्याउँछ । साउने सोमबारको उपवास किन गरिन्छ ? यसका धार्मीक कारणहरु, बिधी ईत्यादि बारेमा हामीले धनकुटा खबर का ज्योतीष प. सरोज घिमीरेसँग कुराकानी गरेका छौ, हेर्नुहोस् उनको भनाई


