नेकपा माले मकवानपुरको जिल्ला कार्यसमिति नै कांग्रेसमा प्रवेश
मकवानपुर, नेकपा माले मकवानपुरको जिल्ला कार्यसमितका अधिकांश सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको पार्टि प्रवेश कार्यक्रम मार्फत् मालेका केन्द्रीय सदस्य एवम् मकवानपुर सचिव भीमसेन महतसहित भातृसंंगठनका नेता एवम् कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

मालेसँगै राप्रपा निकट् युवा मोर्चाका अध्यक्ष राजन खरेलसहितका राप्रपाका कार्यकर्ताहरु पनि कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव रत्नबहादुर गोले, नयाँ शक्ति नेपालका जिल्ला सदस्य काव्यमणि अधिकारी लगायत थुप्रैले पार्टि परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टि प्रवेश कार्यक्रम मार्फत् कांग्रेसमा प्रवेश गरेकाहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, जिल्ला सभापति इन्द्रबहादुर बानियाँ लगायतका नेताहरुले स्वागत गरेका हुन् ।


