पर्यटकलाई हिड्न सजिलो होस् भन्दै पाख्रीबास सिमसार क्षेत्रमा टायल बिछ्याईयो

धनकुटा खबर, साउन ३ । पर्यटकहरुलाई पदयात्रा गर्न सहज होस् भन्ने लक्षका साथ जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ४ स्थितको पर्यटकीय स्थल श्री संसारीमाई पूजा सिमसार क्षेत्रको पदमार्गमा टायल विछ्याईएको छ ।

संसारीमाईपूजा सिमसार क्षेत्र संरक्षण समितिको १ लाख र नगरपालिकावाट प्राप्त ३ लाख ६७ हजार गरी जम्मा ४ लाख ६७ हजार वरावरको लागतमा यो वर्ष करिव १ सय ८५ मिटर पदमार्गमा टायल विच्छ्याईएको हो ।

वर्षभरीको विभिन्न सिजनमा घुमफिर र वनभोजका लागि हजारौको संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरुको आउने यो सिमसार क्षेत्रको पदमार्गमा यो वर्ष १ सय ८५ मिटर लम्वाईमा मात्र टायल विछ्याईएको र आगामी दिनमा थप आर्थिक श्रोत जुटाउदै यो कामलाई निरन्तरता दिदै जाने लक्ष समितिको रहेको छ ।

पदमार्गमा टायल विछ्याउन शूरु गरिए सँगै अव यहाँ आउने पर्यटकहरुले सहज रुपमा पदमार्ग यात्रा गर्न पाउने अपेक्षा समेत गरिएको छ ।

यो सिमसार क्षेत्रमा आउने पर्यटकहरुले एकै ठाउँमा सिमसार क्षेत्र,चिया वगान,विभिन्न फलफूलका नर्सरीको दृष्य अवलोकन गरी मनोरञ्जन लिदै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।