‘ओली र सीके राउत एउटै सिक्काका दुई पाटा हुन्’

काठमाडौं, ३ साउन । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत एउटै सिक्काका दुई पाटा रहेको आरोप लगाएका छन् । एमाले अध्यक्ष ओली र डा. राउत दुवै विखण्डनकारी रहेको आरोप लगाएका हुन् ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा फोरम सहअध्यक्ष श्रेष्ठले एमाले अध्यक्ष ओली सत्तामा देश टुक्रिने दाबी गरेका छन् । साथै उनले शान्तिपूर्ण निकासको बाधक पनि एमाले नै रहेको बताएका छन् ।

उनले एमाले यो युगकै सबैभन्दा प्रतिगामी पार्टी भएको समेत आरोप लगाए । ‘गोर्खाल्याण्ड भन्दा एमालेहरुले ताली बजाएको देख्छु, अनि यहाँ चाहीँ थरुहट प्रदेश हुनुपर्यो, मधेश हुनुपर्यो या चाहीँ लिम्बुवान हुनुपर्यो भन्दा चाहीँ खालास है, भारतीय दलाल भन्ने, लाज लाग्दैन यसो भन्न, यो डबल स्ट्याण्र्ड हो ।’ उनले भने ।

उनले संविधान संशोधन नभए आफूहरुले फेरि आन्दोलन सुरु गर्ने चेतावनी दिए । उनले थपे,‘संविधान संशोधन पास नभई चुनाव हुन सक्दैन, प्रदेश निर्वाचन अघि नै संशोधन हुनुपर्छ, नभए हामी आन्दोलन गर्छौं ।’ प्रदेश निर्वाचन भन्दा अघि नै संविधान संशोधन नभए आफूहरुले प्रदेश र प्रतिनिधि सभाको चुनावमा भाग नलिने उनको चेतावनी थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।