“एमालेको डन” भन्दै प्रहरी हिरासतमै दाजुभाईको रामधुलाई, डीएसपीले के भने ?
बाजुरा । कृष्ण बानियाँका दुई दाजु भाइ प्रहरी हिरासतमै निर्मम कुटपीटको शिकार बनेका छन् । राति खाना खाएर सुत्न लागिरहेको बेला घर भित्रबाटै नियन्त्रणमा लिई प्रहरी हिरासत भित्र मरणासन्न हुनेगरी कुटपीट गरेको रहस्य खुलेको छ ।

मार्तडीमा होटल तथा पसल व्यवसाय सञ्चालन गर्दै आएका बाँँनीया दाजुभाई विना कारण निर्मम कुटपीटको सिकार बनेका हुन् । जिल्ला विकास समन्वय ड्रिलिप बाजुरामा कार्यरत कृष्ण बाँनीया र उनका भाई लोकेन्द्र बाँनीयालाई प्रहरीले बेहोस हुने गरी कुटपीट गरेको छ ।
प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीको निर्देशनमा प्रहरी हवल्दार तथा जवानहरुले कुटपीट गरेको पीडितले बताएका छन् । प्रहरी हवल्द्धार नरेन्द्र कुँवर, जवान मुमेन्द्र गिरी, धननाथ बोहरा लगामयतले कुटपीट गरेको स्वीकार गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र प्रहरी निरीक्षक जगदिश भट्टको सामु डिएसपी साबकै निर्देशनमा नियन्त्रणमा लिएको र कुटपीट गरेको स्वीकार गरेका छन् । पीडित बाँनीया दाजुभाई कुटपीट गरेको दिन देखि ओछ्यानमै पल्टीएका छन् ।
उनीहरुको हात खुट्टा, पीठ्यूँ, गम्भीर चोट लागेको छ । शरिर नचलाउने मिल्ले गरी घाउ परेको पीडित लोकेन्द्र बाँनीयाले पत्रकार सम्मेलनमा भने । उनीहरुले आफ्नै घरमा पत्रकार बोलाएर घटना बारे जानकारी गराएका हुन् ।
मदिरा सेवन गरे नगरेको स्वास्थ्य जाँच गराउन जाँदा प्रहरीले जबरजस्त मदिरा खाएको बनाईदिन दबाब दिएपनि नबनाएको श्रोतको दाबी छ । गुण्डा पैसा बाँड्दै हिँडने, एमालेको डन साला भन्दै लाठी, बुट र हातले कुटेको उनीहरुको आरोप छ ।
कुटपीटमा संलग्न प्रहरीले समेत आरोप स्वीकार गरिसकेको र मदिरा सेवन नगरेरै विना कारण नियन्त्रणमा लिई कुटपीट गरेको घटनाको विषयलाई लिएर मानव अधिकार आयोग देखि अन्य अधिकारवादी संघ संस्था र न्यायलयमा उजुरी दिने कृष्ण बाँनीयाले बताए ।
जिल्ला समन्वय समितिको कर्मचारी माथि एमाले नेताको आफन्त भएको भन्दै विना कारण कुटपीट गर्नु अन्याय भएको कृष्ण बाँनीयाको गुनासो छ । सिडिओ कार्यकक्षमै प्रहरीले कुटपीट गरेको स्वीकार गरेपछि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अन्यायपूर्ण काम भएकोले घटनाको छानवीन गरी प्रक्रिया अघि बढाउने बताए ।
पीडित बाँनीया दाजु भाईले अलग अलग ठाउँमा राखेर कुटपीट गरेको र प्रहरी निरीक्षक जगदिस भट्ट समेत त्यही ठाउँमा उपस्थित रहेको बताएका छन् । तर प्रहरी निरीक्षक भट्टले भने त्यो घटनामा कुनै संलग्नता नरहेको र भित्र राख्न आदेश दिएर कोठा लागेको बताउँछन् ।
यता डिएसपी दलबहादुर बोगटीले भने मेरो हातबाट यस्तो घटना हुनै नसक्ने बताए । बोगटी बिदामा घर गईसकेका छन् । कुटीएका बाँनीया दाजु भाई एमाले केन्द्रीय सदस्य लालबहादुर थापाका साला हुन् । कुटपीट भएको साता दिन पुगीसकेको छ ।
बाँनीया दाजु भाईले अन्याय भएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष गुनासा गर्दा सुनुवाई नभएको दुखेसो गरेका छन् । हिरासत भित्र कुनै कारण पनि कुटपीट गर्न नपाईने प्रावधान छ । तर उनीहरुलाई मानव अधिकारको हनन् हुने गरी कुटपीट गरिएको छ । – यो खबर हामीले नेपाल पानाबाट साभार गरी यहाँ प्रकाशित गरेका हौ ।


