खाडी मुलुकका राजपरिवारले नै मागे नेपाली चेली !

काठमाडौं, साउन ५ । नेपालले खाडी मुलुकमा नेपाली महिला कामदार पठाउने विषयमा कडाइ गरेसँगै ती मुलुकका राजपरिवारमा कामदारको संकट परेको छ ।

योसँगै ती देशका राजपरिवारले नै नेपाललाई पत्र लेखी नेपाली महिला कामदार पठाउन आग्रह गरेका छन् ।

यही पत्रको जानकारी लिएर श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर बुधबार अन्तराष्ट्रिय तथा श्रम सम्बन्ध समितिको बैठकमा उपस्थित भएका छन् ।

उनले यसबारे जानकारी गराउनसाथ संसदीय समितिका सदस्यहरुले सरकार आफैं चेलीबेटी बेचविखन गर्न खोजिरहेकोसम्म आरोप लगाए ।

खाडी मुलुकहरुमा नेपाली चेलीहरु दैनिक रुपमा बलात्कार तथा यौंन हिंसाको सिकार भइरहेको भन्दै संसदहरुले त्यहाँको समस्या समाधान गर्न ती देशले चासो नदिरहेको अवस्थामा नेपाली चेली पठाउन नहुने धारणा राखे । -राजधानी दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।