अब फेसबुकमा समाचार पढ्न पैसा तिर्नुपर्ने, नयाँ नियम आउदै !

अमेरिकी मिडियाहरुका अनुसार फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको छ ।

यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ । यो सँगै एक निश्चित सीमा भन्दा धेरै समाचार तथा आलेख फेसबुकमा पढ्नका लागि पैसा तिर्नुपर्नेछ ।

अहिले समाचारको सबैभन्दा ठूलो माध्यम बनिसकेको फेसबुकप्रति समाचार प्रकाशक तथा मिडिया समूहहरुको गुनासो रहने गरेको छ कि उनीहरुका समाचार फेसबुकमा सित्तैमा शेयर हुँदा उनीहरुको आम्दानीमा भारी नोक्सान भइरहेको छ ।

द स्ट्रीट पत्रिकाका अनुसार फेसबुक एक पे वाल अर्थात् सशुल्क वालका बारेमा काम गरिरहेको छ ।

त्यसको मद्दतले अब जो सँग फेसबुकको सम्झौता हुन्छ उ मात्रैले त्यहाँ केही पोष्ट गर्न पाउनेछ । यो सर्भिस दुई वर्ष पहिले गुगलको एएमपीलाई टक्कर दिनका लागि सुरु गरिएको थियो । एएमी सर्भिस निश्चित मिडिया समूहका समाचारहरु मोबाइल ब्राउजिङका लागि अप्टिमाइज गर्ने गुगलको एक सर्भिस हो ।

न्युर्योकमा आयोजित डिजिटल प्रकाशन सम्मेलनमा बोल्ने फेसबुकको न्यूज पार्टनरसिपका प्रमुख क्याम्पबेल ब्राउनले भनेका छन्, ‘प्रकाशकहरुको यो समस्याप्रति फेसबुकले काम गरिरहेको छ ।’ तर ठ्याक्कै के काम गरिरहेको भन्ने चाहीँ उनले खुलाएनन् ।

मिडिया रिपोर्ट अनुसार आगामी अक्टोबरमा फेसबुकले यो फिचरको परीक्षण सुरु गर्नेछ । जस अनुसार फेसबुकमा सित्तैमा पढ्न पाइने स्टोरेजको संख्या १० सम्ममा सीमित गरिनेछ । १० भन्दा धेरै न्यूज स्टोरिज पढ्ने खोज्ने पाठकलाई फेसबुकले सम्बन्धित प्रकाशकको होमपेजमा पठाउनेछ र त्यहाँ पाठकले पढ्न चाहेको आलेख वा समाचार सब्सक्राइब गर्नुपर्नेछ ।

– अनलाइनखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖