३ नेपाली ले पाऊने भए अन्तरिक्षमा जाने सुनौलो मौका, अब १० दिन भित्र नाम दर्ता गराई सक्नु पर्ने !

नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) ले ‘टेराज्त्रा स्पेस एक्सप्लोरेसन’ सँगको सहकार्यमा नेपालबाट तीनजनालाई अन्तरिक्ष यात्राको तालिममा सहभागी गराउने जनाएको छ ।

उक्त सहभागिताको लागि नेपाली नागरिकको लागि ‘प्रोजेक्ट टेरानट’ को नि:शुल्क पूर्व आवेदन साउन १६ गतेसम्म खुलाइएको छ । सबैभन्दा पहिले नेपालको लागि आवेदनको खुलाइएको हो ।

नासोको अध्यक्ष सुरेश भट्टराईको अनुसार १८ देखि ६५ वर्षसम्मका नेपाली नागरिकले कार्यक्रमको अधिकारिक वेभसाइट http://www.terraztra.space/ मा गएर आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको आवेदन मोबाइल एपबाट असोज १८ गते खुला गरिनेछ । यस अन्तर्गत पूर्व आवेदन दिएका नेपाली नागरिकले एपमा उपलब्ध गराइने विभिन्न प्रतियोगितामा भाग लिनुपर्छ ।

मुलुकबाट सहभागी उत्कृष्ट ३ जनालाई रसियामा हुने अगामी फिफा वल्र्ड कप २०१८ को सेरोफेरोमा अन्तरिक्षयात्री तालिममा सहभागी हुने मौका प्रदान गरिने छ ।

‘प्रोजेक्ट टेरानट’ एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता हो जसमा विश्वका सबै राष्ट्रका १८ देखि ६५ वर्ष सम्मका नागरिकले आवेदन दिन सक्छन् । प्रतियोगितामा सहभागी मध्ये १४ जनालाई आगामी वर्ष रसियामा हुने फिफा वल्र्ड कपकोको समयमा अंतरिक्ष सम्बन्धि तालिममा भाग लिने मौका दिनुको साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एकजनालाई अन्तरिक्षमा जाने मौका समेत दिइने छ ।

‘उक्त १४ जनामा नेपालीले सबै भन्दा उत्कृष्ट प्रदर्शन गरे अन्तरिक्ष यात्रामा सहभागी हुन सक्छन्,’ भट्टराइले भने, ‘यो नेपालीको लागि अन्तरिक्षमा जाने एउटा सुनौला मौका हो ।’ – अतुल मिश्र / कान्तिपुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।