इटहरी उपमहानगरपालिकाका मेयरले एमाले अध्यक्षबाट राजीनामा दिने

काठमाडौं, ६ साउन । नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पार्टीको कार्यकारी पदबाट राजिनामा दिने भएका छन् ।

चौधरीले चाँडै पार्टीको बैठक राखेर अध्यक्ष पदबाट राजिनामा दिने तयारीमा गरेका हुन् । उनले यसबारेमा पार्टी केन्द्रको कुनै सर्कुलर नआए पनि पार्टीको कार्यकारी जिम्मेवारी अर्को कमरेडलाई हस्तान्तरण गर्ने योजना बनाएको बताए ।

चौधरीले भने- ‘दुईतिरै टाँसियो भने पार्टीमा पनि र जनताको पनि राम्ररी काम अघि बढाउन सकिँदैन । मैले चाँडै जिल्ला कमिटी बैठकमा चुनावको समीक्षा गरेर राजिनामा दिने सोच बनाएको छु ।’

चौधरीले अगाडि भने- ‘आखिर पूर्वजिल्ला अध्यक्षको हैसियतले प्रदेश कमिटी सदस्य भइहाल्छु, त्यसैले किन दोहोरो पद ओगट्ने भन्ने निर्णयमा पुगेको हुँ ।

मेयर चौधरीले अहिले भइरहेका पदाधिकारीबाटै कसैलाई अध्यक्षको जिम्मेवारी दिने र जिल्ला अधिवेशनका लागि आयोजक समिति गठन गर्ने बताए । पार्टीको कार्यकारी पदमा रहेकाहरुले जनप्रतिनिधि भइसकेपछि जिम्मेवारी अर्को कमरेडलाई हस्तान्तरण गर्नु ठीक हुने उनले बताए ।

उता एमालेका दोलखा जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलको भने चौधरीको भन्दा अलि फरक धारणा छ । उनी तामाकोशी गाउँपालिकको अध्यक्ष निर्वाचित भएका छन् । तर, जनप्रतिनिधि हुँदैमा पार्टीको काममा कुनै असर नपर्ने र राजीनामा दिनु नपर्ने उनको तर्क छ ।

पोखरेलले भने-पार्टीको कार्यकारी पदमा रहँदैमा जनप्रतिनिधिको भूमिका कमजोर हुन्छ भन्ने कुरा चाहिँ म मान्दिनँ । मैले पार्टी र गाउँपालिका दुबै चलाइरहेकै छु । जनताका अधिकांश काम वडाबाटै हुन्छन्, हामीले त बजेट तर्जुमा गर्ने र नीतिगत काममात्रै गर्ने हो ।

प्रधानमन्त्री हुने नेताले पार्टी अध्यक्षबाट राजीनामा दिएको अहिलेसम्म कुनै पार्टीमा नदेखिएको उदाहरण दिँदै गाउँपालिका अध्यक्ष पोखरेलले जनताको काम गर्न पार्टीको जिम्मेवारीले सहज र उत्तरदायी बनाउने बताए ।

यद्यपि अब जिल्ला अधिवेशन गरेर पार्टी अध्यक्षबाट बिदा लिने निर्णय उनले गरेका छन् । पोखरेलले आगामी असोज २७ र २८ मा जिल्ला अधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्ने बताए ।

त्यसो त दोलखामा एमालेका जिल्ला अध्यक्ष पोखरेल, उपाध्यक्ष नरवहादुर श्रेष्ठ र सचिव भरत दुलाल तीनैजना विभिन्न गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका छन् । – अनलाइनखबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।