केपी ओली पुनः प्रधानमन्त्रि बन्दै !

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्रीको आयु त्यति लामो छैन । करिब अब ५ महिनामात्र बाँकी रहेको छ । त्यसपछि अब को प्रधानमन्त्री होला ? पक्कै भन्न मुश्किल रहेको छ । नेपाली राजनीतिले कुन मोड लिनेछ र कस्तो गठबन्धन बन्छ भनेर कमैले मात्र आँकलन गरेको मेल खान्छ ।

स्थानीय तह निर्वाचनमा प्रदेश नं. २ को बाहेकमा भएको निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बनेको छ । अब अझै दूइवटा निर्वाचन हुन बाँकी रहेको छ । माघको पहिलोसाता भित्र सबै निर्वाचन गराएर संबिधान कार्यन्वयन गर्ने जिम्मेवारी यो सरकारको रहेको छ ।

प्रदेश र केन्द्रको चुनाव भएपछि ठूलो राजनीतिक दल जो बन्नेछ उसैले सरकारको नेतृत्व दाबी गने छ । अबको प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका नेता बामदेब गौतमले दाबी गरेतामा पनि त्यो सहज देखिदैन ।

एमालेले आउदो प्रदेश र केन्द्रको चुनावमा भावी प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ नै अघि सार्ने छ । यस कारण एमाले ठूलो राजनीतिक दल भएको अवस्थामा केपी शर्मा ओली नै अबको प्रधानमन्त्री बन्नेछन् ।

एमालेले पनि प्रष्ट रुपमा अहिले सरकारको पछि नलाग्ने र निर्वाचन पश्चात सुबिधाजनक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने बताइसकेको छ । यद्यपि अबको प्रधानमन्त्री को बन्ने भन्ने निर्णय गरेको छैन ।

केन्द्र र प्रदेशको निर्वाचनको तयारी शुरु गर्ने अवस्थामा केपी शर्मा ओली चीन हुइकिएपछि अहिले सत्तारुढ घटक बिशेष गरी काँग्रेस र माओबादी पनि डराएको अवस्था रहेको छ ।

ओलीले निर्वाचनमा चीनसंगको सहकार्यमा बिकासको मोडेल लिएर निर्वाचनमा जानेछन् । यसले गर्दा निर्वाचनको माहोल एमालेतर्फ जानसक्ने डर काँग्रेस र माओबादी केन्द्रलाइ रहने छ । – सवाल नेपालबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।