९ महिनापछि प्रचण्डले गरे यस्तो खुलासा…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर ५ को अखण्ड आन्दोलन आफ्नो समर्थनमा सुरु भएको खुलासा गरेका छन् । आइतबार पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले आफूसँग सल्लाह गरेरै टोपबहादुर रायमाझी आन्दोलनमा होमिएको खुलासा गरेका हुन् ।
सरकारले ५ नम्बर प्रदेशका केही जिल्ला टुक्राउने निर्णय गरेपछि त्यहाँ आन्दोलन सुरु भएको थियो । जसमा माओवादी संसदीय दलका उपनेता एवं प्रभावशाली नेता टोपबहादुर रायमाझी पनि संलग्न थिए । आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारले निर्णय गरेको बेला आन्दोलनमा होमिएपछि उनीमाथि कारवाही हुनुपर्ने आवाज पार्टीमा उठेको थियो ।
यता मधेसीको माग सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री प्रचण्ड प्रदेश टुक्राउनेगरी संविधान संशोधन हुनुपर्ने पक्षमा थिए । यद्यपी आन्दोलन सफल भयो । संविधान संशोधन भएन् ।
आन्दोलन सकिएको झण्डै ९ महिना भएको र आफू प्रधानमन्त्रीबाट हटेपछि आईतबार प्रचण्डले पार्टीका नेता रायमाझी आफूसँग सल्लाह गरेरै संविधान संशोधनविरोधी सो आन्दोलनमा सहभागी भएको खुलासा गरे ।
‘उहाँ मसँग सल्लाह गरेरै पाँच नम्बर प्रदेशको आन्दोलनमा सहभागी हुनु भएको हो’प्रचण्डले भने– ‘उहाँ आफूखुशी एक्लै (संविधान संशोधनविरोधी) आन्दोलनमा जानु भएको हैन । हामीबीच सल्लाह भएरै त्यो भएको हो । सहमतिमै भएको हो ।’


