सम्पूर्ण माओवादी घटक र क्रान्तिकारीहरुलाई एकताका निम्ति माओवादी केन्द्रद्वारा अपिल (भिडियो सहित)

काठमाडौ, ८ असार । नेकपा (माओवादी केन्द्र) ले अन्य कम्युनिष्ट घटकहरुलाई पार्टी एकतामा आउन आग्रह गरेको छ । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियालाई पूर्णता दिन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नयाँ शक्ति नेपाललाई एकिकरणका लागि आग्रह गरेको छ । एकताका बारेमा माओवादी केन्द्रको निर्णयमा भनिएको छ, “पार्टी एकता प्रक्रियालाई पूर्णता दिने विषयको आवश्यकता महशुुस गर्दै मुख्यतः मोहन वैद्य, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द नेतृत्वको घटक र सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीलाई अपिल छ ।” केन्द्रीय कार्यालयको विस्तारित बैठकबारे जानकारी दिन आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने “स्थानीय तहको निर्वाचनले माओवादी केन्द्र नै माओवादी घटकको मूलप्रवाह रहेको स्थापित भएकाले अब छुट्टाछुट्टै बस्नु आवश्यक नभएको र जनताले पनि माओवादी एक होओस् भन्ने चाहेको देखिएकाले तत्काल एकता प्रक्रिया अत्यावश्यक छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।