एचआइभी एड्सको औषधि पत्ता लाग्यो, गाइभित्रै यस्तो शक्ति !

एजेन्सी । हिन्दु धर्मशास्त्र अनुसार गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ । तिथी, श्राद्ध र चाडपर्वमा गाइको गहुँत र गोबरलाई पवित्र मानिन्छ । यो भन्दा पनि संसारकै खतरनाक रोग एचआइभीसमेत निको हुनसक्ने औषधीको खानी गाई नै भएको पुष्टि भएको छ ।

इन्डिपेन्डेन्टका अनुसार एचआइभी भ्याक्सिन बनाउनका लागि गाई धेरै उपयोगी हुन सक्ने देखिएको छ । प्रतिरक्षाका हिसाबले गाइले यस्तो विशेष एन्टीबडीज (रक्त प्रोटिन) उत्पादन गर्दछ जसले एचआइभीलाई नष्ट गर्न सक्छ । मिश्रित र ब्याक्टेरियायुक्त पाचन प्रणालीका कारण गाईमा प्रतिरक्षाको क्षमता बढी विकास हुने गर्दछ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट्स अफ हेल्थले यो जानकारी अत्यन्तै उपयोगी भएको बताएको छ । एचआइभी प्राणघात भाइरसका कारण लाग्छ जसले बिरामीको प्रतिरक्षा प्रणालीलाई ध्वस्त बनाउँछ । एक भ्याक्सिनको माध्यामबाट बिरामीको रोग प्रतिरोधात्मक प्रणालीको विकास गराउन सकिन्छ र मानिसमा पहिलो चरणको एचआइभी संक्रमण निको पार्न सकिने अनुसन्धानकर्ताको दाबी छ ।

अन्तर्राष्ट्रिय एड्स भ्याक्सिन इनिशियटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाइको प्रतिरक्षा क्षमताको जाँच सुरु गरेको छ । एक अनुसन्धानकर्ता डाक्टर डेविन सोकले भने, ‘यसको परिणामले हामीलाई अचम्ममा पारेको छ । यस्तो अत्यावश्यक प्रतिरक्षा प्रणाली गाइमा केही हप्तामै विकसित हुन्छ, डाक्टर सोकले भने, मानिसमा भने यस्तो प्रतिरक्षा प्रणाली विकास हुन करिब तीन देखि पाँच वर्ष लाग्छ ।’

नेचर नामक जर्नलमा प्रकाशित नतिजा अनुसार गाइको एन्टीबडिजबाट ४२ दिनमा एचआइभीको असर २० प्रतिशत कम गर्न सकिनेछ । परीक्षणका अनुसार ३ सय ८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआइभीको असर कम गर्न सक्ने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।