मृत पतिको दोस्रो रुप भन्दै पाँच महिनाको गाईको बाच्छोसँग विवाह

कम्बोडिया । कम्बोडियाको कारकेटी प्रान्तकी ७४ वर्षिया किम हेङ नामकी महिलाले मृत पतिको दोस्रो रुप भन्दै पाँच महिनाको गाईको बाच्छोसँग विवाह गरेकी छिन् ।

कुल जनसंख्याको ९५ प्रतिशत मानिसहरू बौद्ध धर्मावली रहेको कम्बोडियाका अधिकांश जनताहरूले मृत्यु पश्चात् पुर्नजन्ममा विश्वास गर्ने गरेको पाइन्छ ।

गत वर्षको मार्चमा किमका पतिको मृत्यु भएको थियो । पाँच महिना अगाडि जन्मिएको उक्त बाच्छोको बानी व्यवहार उनका मृत पतिसँग मिल्दोजुल्दो भएका कारण बाच्छो उनको पतिको अर्काे रूप भएको दाबी उनको छ ।

उनले बाच्छोलाई आफूसँगै बिछ्यौनामा सुताउने गरेकी छिन् । हाल सामाजिक सञ्जालमा उनी र बाच्छोको तस्बिर भाइरल बनेको छ । उनी लगायत उनका सन्तानले समेत बाच्छोको स्याहारमा विशेष ध्यान दिने गरेको पाइन्छ । पुरा जीवन नै बाच्छोको हेरचाहमा बिताउने किमको चाहना रहेको छ ।

उनका छोराछोरीले पनि उक्त बाच्छोलाई पिताको रूपमा लिदै सम्मानजनक व्यवहार देखाउने गरेका छन् । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।