कांग्रेसका युवा नेता पुगे मधेसी जनताको घाउमा मलम लगाउन !
काठमाडौं । नेपाली कांग्रेस केंद्रीय सदस्य तथा युबा नेता बिश्वप्रकाश शर्माको टोली आइतबार सप्तरीका बाढ़ि पीड़ितहरुको घाउमा मलम लगाएको छ ।

गत साल झापाको मेचीनगरमा समपन्न भएको प्रथम राष्ट्रिय स्वास्थ महोत्सबको आयोजक टोली लिएर पुगेका शर्माको टोलीले सप्तरीका बिभिन्न ठाँउहरुमा १ दिने शिबिर आयोजना गरेको छ।
बढीले घरबार गुमाएकाहरुको अब्यवस्थित बसोबासका कारण बिभिन्न सरुवा रोग फैलने सम्भावनाको कारण सप्तरीको घाउमा मेचीनगरले मलम लगाउनुपर्ने जिम्बेवारी रहेको शर्माले बताए।
बृद्ध, बालबालिका हरुलाई बिषेश प्राथमिकता दिएर शिबिर संचालन भएको थियो। १३ जना चिकित्सक र करिब ६ लाख बराबरको औषधि बाडिएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बिजय डालमियले जानकारी दिए । ३ हजार भन्दा बढी स्थानीय मधेसी जनताले प्रत्यक्ष्य सिबिरबाट लाभ लिएका थिए।
शर्मा सहितको टोलीले आईतबार बिहान ७ बजे देखी बेलुका ७ बजे सम्म स्वास्थ शिविर संचालन गरेको थियो ।

– हाम्रा कुराबाट ।


