‘क्रिकेट जस्तो होइन युद्ध : चीन र भारत बीच युद्ध भए नेपालले भारतको पक्ष लिनु पर्छ’

काठमाडौं, ९ साउन । भारत र चीनबीच लगातार तनाव बढ्दो छ। दुइ भीमकाय छिमेकीको दन्द्धमा नेपाल जस्ता साना देश पिसिने संभावना उत्तिकै रहन्छ।

दुइ देशबीच युद्ध भइहाले नेपालले के गर्छ ? नेपालले कुनै देशको पक्ष लिनु हुन्छ ? नेपाल कति समयसम्म निरपेक्ष बस्न सक्छ ? यस्ता कयौं अनुत्तरित प्रश्न आम नेपालीमा छ । के यस्तो बिन्दु आउनेछ जतिबेला नेपालले कुनै एक देशको पक्ष लिनु पर्नेछ ?

भूराजनैतिक उतारचढावले परिस्थिति पनि फेरिदै जान सक्छ। यसै सेरोफेरोमा रहेर नेपाली हेडलाइन्सले परराष्ट्र मामिलाका जानकार अरुणकुमार सुवेदीसंग सम्पर्क गरेको थियो।

भारतीय उपमहाद्धिप, चीन देखी पश्चिमेली राजनीतिका नालिबेली जान्ने र विश्लेषण गर्न सक्ने सुवेदीले यसका विषयमा गहिरिएर विश्लेषण गरे।उनि भन्छन्, अमेरिकाले नचाहेसम्म चीन र भारतबीच युद्ध हुनै सक्दैन । भारतको चाहनाले मात्र युद्धको सम्भावना छैन । मलेक्का स्टेटमा चीन बढी इंगेज भयो । त्यसको काउन्टर हो दोक्लाम । गोर्खाल्याण्डसँग पनि जोडन खोजिएको छ ।

सुवेदीले थप्छन्, सैन्य शक्तिका हिसावले भारत चौथो हो। सैन्य शक्तिमा सबैभन्दा बलियो अमेरिका हो त्यसपछि रुस , चिन अनि भारत त रहेको छ।

भारत र चीनको संभावित यु्द्धले नेपालले ठुलो असर गर्ने भन्दै सुवेदीको सनसनीपुर्ण टिप्पणी छ- यहाँ भारत विरोधी नेपाली बढि छन्। एउटा क्रिकेट हुँदा त नेपालीले विरोध गर्छन । भारत विरुद्ध एक किसिमको आम पागलपन छ नेपालीमा । युद्ध हुँदा यसले नेपाललाई दिर्घकालिन रुपमा असर गर्छ । हामीले चीन भन्दा भारतको कन्फिडेन्स जित्नु पर्छ । यदि हामी चीनको पक्ष लिन्छौं भने त्यसले नेपालको हित गर्दैन । क्रिकेट जस्तो होइन युद्ध । नेपालले चीनले नराम्रो नै गरेपनि विरोध गर्न सक्दैनौं । मोदीको त उस्कै अगाडि हामी पुत्ला जलाउन पनि सक्छौं ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।