राष्ट्रपति र उपराष्ट्रपतिको सेवासुविधा बढ्यो, कसको तलब कति ?

काठमाण्डौ, ९ साउन । सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवासुविधा बढाउन बनेको विधेयक संसद्मा प्रस्तुत गरेको छ ।

यो विधेयक पारित भएपछि राष्ट्रपतिको मासिक पारिश्रमिक एक लाख ५० हजार चार सय ५० र उपराष्ट्रपतिको एक लाख आठ हजार ३० रुपैयाँ पुग्नेछ ।

यसअघिको प्रचण्ड नेतृत्वको सरकारले गत जेठ १६ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराएको थियो ।

राष्ट्रपति र उपराष्ट्रपतिले पाउने दैनिक भत्ता र बिमामा समेत भारी वृद्धि गरिएको छ । स्वदेशमा भ्रमण गर्दा ३३ सय र विदेश भ्रमण गर्दा २५० अमेरिकी डलर पाउने व्यवस्था विधेयकमा उल्लेख छ ।

अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान र बहराइनको भ्रमणमा ३३ प्रतिशत थप रकम दिने व्यवस्था विधेयकमा गरिएको छ । – काठमाण्डू टुडेबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।