२ नम्बर प्रदेशमा एमालेले थाल्यो अभियान, एमालेको अग्रता झन् फराकिलो हुने दावी

बीगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २ नम्बर प्रदेश केन्द्रित चुनावी अभियानलाई जनस्तरमै सुरु गरेको छ । एमालेका सचिवहरुलाई नारायणी र जनपुर अञ्चलस्तरीय जिम्मेवारी तोकेर निर्वाचन परिचालन अभियान तयार भइरहेका बेला वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रदेश नम्बर २ को अभियानका क्रममा बारा, पर्सा र रौतहटमा सक्रिय हुनुहुन्छ ।

मंगलवार बीरगञ्ज आइपुग्नु भएका पूर्वप्रधानमन्त्री नेपाललाई बीरगञ्जका सञ्चारकर्मीले प्रश्न गरे– २ नम्बर प्रदेशमा एमालेको प्रतिस्पर्धा कोसँग हुन्छ ? नेपालको जवाफ थियो– पहिलो र दोस्रो चरणको निर्वाचन भन्दा झन् ठूलो अन्तरले प्रदेश २ मा एमालेले अग्रता लिन्छ । प्रदेश नम्बर २ मा एमाले सबैभन्दा ठूलो पार्टी हुने आधार पनि नेपालले सो अवसरमा प्रस्तुत गर्नु भयो ।

‘निजगढ–काठमाडौं द्रूतमार्ग सुरु गर्ने दल एमाले हो, बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुरु गर्ने दल एमाले हो, हुलाकी राजमार्ग आफ्नै लगानीमा सुरु गर्न पैसा छुट्याउने दल एमाले हो, यहाँका राजमार्ग ६ लेनको बनाउन बजेट दिने एमाले हो, सदरमुकामलाई नमुना सहर बनाउन ५०–५० करोड बजेट छुट्याउने दल एमाले हो, जनता तटबन्धका लागि बजेट छुट्याउने एमाले हो, जनता आवासको कार्यक्रम ल्याउने एमाले हो’ नेपालको भनाई थियो, ‘तराई मधेसको यो भूमीलाई रोजगारीको थलो, उत्पादनको थलो, जनताको समृद्धिको थलो बनाउने एमाले हो अनि कुन पार्टी ठूलो हुन्छ ?’

नेपालले तराई मधेसलाई उन्नतीको थलो बनाउने काम एमालेले गरेको र त्यसलाई अवरोध गरी हिंसा तथा अराजकताको थलो बनाउने काम कांग्रेसले गरेको वताउनुभयो । ‘मधेसका जनताले यहाँ उन्नती र प्रगतिको थलो बनाउने को हो, त्यसलाई बिथोल्ने को हो भनेर राम्रोसँग चिनेका छन्’ नेपालको भनाई थियो । तराई मधेसमा लोकतन्त्रप्रति आस्था राख्ने कांग्रेसका कार्यकर्ताले पनि यसपटक एमालेलाई सहयोग गर्ने नेपालको भनाई थियो । उहाँले प्रदेश २ मा पहिलो पार्टी हुने कांग्रेसको दावीलाई सपनाको संज्ञा दिनुभयो ।

‘कांग्रेस सपनामा बाँचेको छ, पहिलो चरणमा भन्दा दोस्रो चरणमा ओरालो लागेको छ, अव तेस्रो चरणमा झन् ओरालो लाग्छ’ नेपालले भन्नुभयो, ‘यसैगरी लोकतन्त्रको खिल्ली उडाउने, भ्रष्टाचारको संरक्षण गर्ने र राष्ट्रियतालाई कमजोर बनाइरहने हो भने कांग्रेसको भविश्य छैन ।’ एमाले चुनाव जितेर पनि जितको दम्भ नराख्ने नेपालको भनाई थियो । ‘हामीले जित्यौं भन्ने दम्भ हामीसँग छैन, अरु पार्टीले पनि निराश हुनु पर्दैन, राम्रो काम गरे राम्रो नतिजा आउँछ’ नेपालले भन्नुभयो, ‘आउनुस् मिलेर काम गरौं ।’ – चक्रपथबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।