उपत्यकाको स्थानीय तहको चुनावमा तरंग ल्याएका विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको घोषणा

काठमाडौं, ११ साउन । उपत्यकाको स्थानीय तहको चुनावमा तरंग ल्याएका विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ ।

नेपालको राजनीतिमा बैकल्पिक शक्तिको एजेन्डा लिएका उनीहरुले राजधानीको बानेश्वरस्थित एक पार्टी प्यालेसमा आज पत्रकार सम्मेलनको आयोजना गरी दुई एकीकरणको घोषणा गरेका हुन् ।

पार्टी एकीकरणसम्बन्धी सम्झौतामा विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका संयोजक रविन्द्र मिश्रले हस्ताक्षर गरेका छन् । एकीकरण पछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ ।

पार्टी सञ्चालनका लागी केन्द्रीय संयोजक समिती बनाउने, साझाका अध्यक्ष मिश्र र विवेकशीलका अध्यक्ष थापाको सामुहिक नेतृत्वमा पार्टी चल्ने प्रारम्भिक सहमती भएको साझा पार्टीका प्रबक्ता सुर्यराज आचार्यले जानकारी दिए । पार्टीको झण्डा, केन्द्रीय कमिटी संख्या र चुनाव चिन्हका बिषय पछि छलफल गरी टुंगोमा पुगिने आचार्यले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।