२ वर्षसम्म तन्नुलाई गर्भवति नै देखाइएको भन्दै भारतिय सिरीयल ‘कुमकुम भाग्य’ माथि मुद्दा दायर

‘कुमकुम भाग्य’ नामक एक भारतीय टीभी सिरीयल नेपाल लगायत विभिन्न देशहरुमा चर्चित रहेको छ भने सोमबारदेखी शुक्रबारसम्म राती ८ः४५ बाट जि टिभीमा दिँदै आएको हो ।

यस हप्ताको टीभी रेटिङ्ग प्वाईन्ट अनुसार जिटिभी च्यानल तेश्रो स्थानमा भएपनि सो च्यानलबाट दिईने सिरीयल ‘कुमकुम भाग्य’ भने पहिलो स्थानमा छ ।

लामो समयसम्म सिरीयलको कथाले झुलाएपछि एक दर्शकलाइ चित्त नबुझेर सिरियल विरुद्द मुद्दा दायर गरेका हुन् । उनका अनुसार सीरियलको कथा ३ वर्षदेखि एकै ट्र्याकमा गइरहेको र २ वर्षसम्म अभिकी प्रेमीका तन्नुलाई गर्भवति नै देखाइएको छ ।

ती दर्शकले धेरै पहिला नै यस्तो गुनासो दर्ता गराएको र बालाजी टेलिफिल्मले हालै यस सिरियलमा नयाँ मोड ल्याउँदै नयाँ कथाबाट सुरु गरेको छ । कथाकी मुख्य पात्र प्रज्ञाको मृत्यु भईसकेको र अब उनी गाउँको एक केटीको रुपमा देखिएको सिरीयलमा देखाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।