नेसन्स गट ट्यालेन्ट सिजन ३ को मेगा अडिसनमा १८० जना छनाेट

काठमाडाैं, १६ असाेज । सातदेखि १३ वर्ष उमेर समूहका चार सय बालबालिकाबाट छनोट भएका १८० प्रतिभा अब नेशन्स गट ट्यालेन्ट सिजन ३ को मेगा अडिसनमा आमनेसामने भएका छन्। स्थानीय तहबाट सुरु भएको बाल प्रतिभाको खोजी मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धा थप रोचक बनेको छ।

एएनपी मिडिया हाउसले आयोजना गरेको रियालिटी शोका लागि गत वैशाखदेखि विभिन्न स्थानीय तहमा अडिसन सञ्चालन गरिएको थियो। ती अडिसनमा चार सय बालबालिकाले सहभागिता जनाएका थिए। स्थानीय चरण पार गरेका १८० प्रतिभाले मेगा अडिसनमा आफ्नो क्षमता प्रस्तुत गरिरहेका छन्।

नेशन्स गट ट्यालेन्ट सिजन ३ किड्स डान्सको मेगा अडिसन बिहीबारदेखि ओएसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक हुन थालेको छ। एपीवान स्टुडियोमा छायांकन गरिएको मेगा अडिसनमा निर्देशक तथा कोरियोग्राफर केशव राज भट्ट, कलाकार तथा मोडल राज टाइगर र मोडल कविता न्यौपाने निर्णायकका रूपमा रहेका छन्।

मेगा अडिसनपछि भने प्रतिस्पर्धा अझ सीमित हुँदै जानेछ। आयोजकका अनुसार १८० प्रतिभामध्ये ८० जनाले मात्र टेलिभिजन राउन्डमा प्रवेश पाउनेछन्। एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार निर्णायकको छनोटबाट ६० जना र दर्शकको भोटिङबाट २० जना गरी ८० प्रतिभा टेलिभिजन राउन्डका लागि चयन गरिनेछ।

यसरी स्थानीय तहमा आफ्नो प्रतिभा देखाएका बालबालिकाका लागि अब मेगा अडिसन अर्को महत्वपूर्ण खुड्किलो बनेको छ। निर्णायकको मूल्यांकनसँगै दर्शकको रोजाइसमेत प्रतिस्पर्धाको हिस्सा बन्ने भएकाले टेलिभिजन राउन्डमा पुग्ने यात्रामा बाल प्रतिभाले दुई फरक परीक्षाको सामना गर्नुपर्नेछ।

प्रनीमा दाहालले सञ्चालन गरिरहेको शोमा शम्भु प्रसाद रेग्मी संयोजक, अनीता तामाङ प्रशासन प्रमुख तथा लोमशबहादुर कार्की र लबिसकुमार कार्की इभेन्ट म्यानेजर रहेका छन्। स्थानीय तहबाट सुरु भएको प्रतिभा खोजी अब मेगा अडिसन हुँदै टेलिभिजनको मुख्य प्रतिस्पर्धातर्फ प्रवेश गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖