को–को छन् ‘विवेकशील साझा पार्टी’को केन्द्रीय समितिमा ? : हेर्नुहोस् रवीन्द्र मिश्र र उज्वल थापाको मन छुने भाषण भिडियो सहित

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा दुबैपार्टी एकीकरण भएको घोषणा गरिएको हो ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । पार्टीको नयाँ लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गरेको तराजु राखिएको छ । एकिकृत भएको पार्टीमा मिश्र र थापाको समान हैसियत संयोजक राखिएको छ । महाधिवेशनपछि कार्यकारी अधिकारसहितको नेतृत्व चयन हुने छ ।

यद्यपि, बैठकको नेतृत्व भने मिश्रले गर्ने छन् । तत्काललाई दुवै तर्फबाट १७–१७ बराबर सदस्य समाहित गरेर ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ, भने प्रत्येक प्रदेशबाट एक–एक जना थपिने बताइएको छ ।

पार्टीको महाधिवेशनसम्म ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने बताइएको छ । दुवै पार्टीबाट ५०–५० प्रतिशतको समायोजन हुने पार्टी एकता घोषणा कार्यक्रममा जानकारी दिइयो । यसैगरी दुवै पार्टीबाट ४–४ जनाको संयोजन समिति समेत गठन गरिएको छ । जसमा सह–संयोजक रविन्द्र मिश्र र उज्जवल थापा छन् ।

को–को छन् केन्द्रीय समितिमा ?

रविन्द्र मिश्र
उज्जल बहादुर थापा
अनुसा थापा
गोविन्दनारायण तिमल्सिना
निरुपमा यादव
मुमाराम खनाल
रमेश पौड्याल
सूर्यराज आचार्य
अब्दुस मियाँ
अर्जुनसिंह ठकुरी
उमेद पुन
ओम अर्याल
किरणकृष्ण श्रेष्ठ
किशोर थापा
जीवन श्रेष्ठ
दिनेश प्रसाई
प्रकासचन्द्र परियार
पुकार बम
मानवी पौडेल
रञ्जु दर्शना न्यौपाने
रमेश महर्जन

राम शाह
रेशु अर्याल
शशीविक्रम कार्की
सोभा शाक्य
सरोज धिताल
साधना राई
सुवुना बस्नेत
सोभिता परियार
ज्ञानेन्द्र निरौला

हेर्नुहोस् रवीन्द्र मिश्र र उज्वल थापाको मन छुने भाषण भिडियो 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।