२ नम्बर प्रदेशबाट नै एमालेको केन्द्रीय सचिवालय चलाइने, कुन नेतालाई कहाँको जिम्मा ?

काठमाडौं, १३ साउन । तेस्रो चरणको स्थानीय चुनावलाई लक्षित गर्दै नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय प्रदेश नम्बर २ बाटै सञ्चालन गर्ने भएको छ । महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको पार्टी केन्द्रीय सचिवालय प्रदेश नम्बर २ बाटै सञ्चालन हुन लागेको हो ।

महासचिव पोखरेलको नेतृत्वमा पार्टीका पदाधिकारी प्रदेश नम्बर २ का ८ जिल्लाका खटिने निर्णय यसअघि नै सचिवालय बैठकले गरेको थियो । प्रदेश नं. २ का वीरगञ्ज, जनकपुर र लाहानमा केन्द्रीय सचिवालय खोल्ने एमालेले जनाएको छ ।

प्रदेश नम्बर २ को स्थानीय चुनाव परिचालनका लागि महासचिव पोखरेल वीरगञ्ज, उपमहासचिव बिष्णु पौडेल बारा र अर्का उपमहासचिव घनश्याम भुसाल रौतटहट खटिनुहनेछ । यस्तै सचिवालय सचिव समेत रहनुभएका सचिव प्रदीप ज्ञवाली लाहान योगेश भट्टराई धनुषा, गोकर्ण विष्ट सर्लाही, भीम आचार्य सप्तरी र पृथ्वीसुब्बा गुरुङ महोत्तरीमा खटिने कार्यक्रम एमालेले तय गरेको छ । २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीले प्रदेश कार्यालयबाट चुनावी अभियान चलाउनुहुनेछ ।

एमालेले आफू नेतृत्वको सरकारले तराई मधेसका लागि गरेका कल्याणकारी र विकासका कामबारे निर्वाचन परिचालनका क्रममा प्रष्ट पार्नेछ । यस्तै संविधानबारे फैलाइएका भ्रम पनि निवारण गर्ने एमालेको योजना छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।