‘सर्वोच्चको फैसला स्वागतयोग्य, जनताको अभिमतको कदर भएको छ’ : रेणु दाहाल

चितवन, साउन १५ । माओवादी केन्द्र र नेपाली काँग्रेसको भरतपुर महानगरपालिकाको संयुक्त मेयर उम्मेद्वार रेणु दाहालले सर्वोच्चको आदेश स्वागतयोग्य रहेको बताउनुभएको छ ।

सर्वोच्च अदालतले आज साँझ भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने फैसला गरेपछि उम्मेद्वार दाहालले नारायणी अनलाईनसंग प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो ।

मेयर उम्मेद्वार दाहालले भन्नुभयो–“जनताको अभिमतको कदर भएको छ, मतदान गर्न पाउने जनताको अधिकार सुरक्षित भएकोमा खुशी छु ।” उम्मेद्वार दाहालले सर्वोच्च अदालतले प्रचलित नियम कानुनको आधारमा नै फैसला गरेकोले न्यायको प्रत्याभुति भएको नारायणी अनलाईनलाई बताउनुभयो ।

उहाँले नारायणी अनलाईनसंग भन्नुभयो–“पहिला पनि जनताको साथमै थिए, अब म फेरी जनताको बीचमा भोलीदेखि नै जानेछु ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।