आर्मी ड्रेसमा उत्रेका चीनियाँ राष्ट्रपतिले भने,- युद्धका लागि तयार होउ

रोयटर्स / डोकलाममा जारी तनावबिच चीनियाँ सेनाले आइतबार शक्ति प्रदर्शन गरेको छ । जनमुक्ति सेनाको स्थापना भएको ९० वर्ष पूरा भएको मौकामा सुदूर उत्तरी चीनस्थित एक सैन्य बेसमा निकै ठूलो मिलिटरी परेड निकालियो । यसमा नयाँ एड्भान्स फाइटर जेट्सदेखि चीनियाँ सैन्य समूहले भाग लियो । राष्ट्रपति शी जिनपिंग पनि यो कार्यक्रममा उपस्थित थिए । उनले चीनियाँ सेनालाई ‘युद्धको लागि तयार रहन’ आग्रह गरे ।

न्यूज एजेन्सीका अनुसार जिनपिंगले सैन्य समूहलाई यस्तो प्रकारले निरिक्षण गरेको यो पहिलो घटना हो पनि सैन्य ड्रेसमा । सन् १९४९ को कम्युनिष्ट आन्दोलनपछि १ अगस्टमा मनाइने आर्मी डे दुई दिन पहिले नै मनाइएको यो पहिलो घटना हो । ट्याङ्क, गाडीमाथि लगाइएको न्यूक्लियर मिसाइल, पारम्परिक फाइटर जेट्सदेखि अत्याधुनिक जे २० स्टेल्थ विमान उक्त मिलिटरी परेडमा समावेश भए ।

स्मरण रहोस्, चीनमा संसारभरीको सबैभन्दा ठूलो थल सेना छ । चीन अहिले आफ्नो सेनाको आधुनिकीकरणमा जुटेको छ । यसै क्रममा चीनले आफ्नो थल सेनाको संख्या घटाएर प्राविधिक विकासमा जोड दिने निर्णय गरेको छ । उता, डोकलाम सीमामा करिब दुई महिनादेखि भारत र चीन आमने–सामने छन् ।

न्यूज एजेन्सी सिन्ह्वाका अनुसार सेनाको निरिक्षणपश्चात् शी जिनपिंगले जनमुक्ति सेनालाई युद्धको तयारीलाई आफ्नो एकमात्र र आधाभूत क्षेत्र बनाउनुपर्ने सुझाव दिए । राष्ट्रपतिले भने, ‘फोकस सधैं युद्धको तयारीमा हुनुपर्छ ता कि उनीहरु आफूलाई विशिष्ट र अति शक्तिशाली सेनामा परिवर्तन गर्न सकून् जो लडाईंका लागि मात्र तयार नभई जीत हाँसिल गर्न सक्षम होस् ।’

राष्ट्रपतिले आफ्ना अधिकारी र सैनिकलाई सेनालाई राजनीतिक रुपमा जागरुकता बनाउन र परिवर्तनमार्फत फौजलाई बलियो बनाउनुपर्ने अपिल गरेका छन् । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।