चीनको जनमुक्ति सेनाले बनायो विशेष महिला सैनिक टुकडी, जहाँ पनि कारवाही गर्न सक्षम

काठमाडौं, १७ साउन । चीनको जनमुक्ति सेनाले महिलाहरूको विशेष टुकडी तयार गरेको छ । यो टुकडीले अग्ला पहाडका चिसा ठाउँ र चर्को समुद्री लहर जस्ता अत्यन्त अप्ठ्यारा स्थितिहरूमा पनि कारवाही गर्न सक्छन् ।

यी महिला सैनिकलाई लडाईंका मैदानमा तैनाथ गर्ने हो कि होइन भनी जनमुक्ति सेनाले जानकारी दिएको छैन । आज मंगलवार जनमुक्ति सेनाले ९० वर्ष पूरा गरेको छ ।

यो टुकडीमा समावेश भएकी २० वर्षीया वी लिङ्लीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनिन्, ‘हामी बलिया महिला हौं । विशेष तालिम लिँदा मेरो शरीरको आकारप्रकार हल्का बदलियो होला तर मांसपेशी चाहिँ दह्रो भएको छ ।’

चिनियाँ सेनाले पछिल्लो केही समययता महिला सैनिक र अधिकारीहरूसँग जोडिएको रणनीतिमा धेरै परिवर्तन ल्याएको छ । शुरुवातमा महिलाहरूलाई सेनाको परेडमा शोभा बढाउनका लागि मात्र समावेश गरिन्थ्यो ।

तर अहिले आएर महिलालाई राम्रो स्थान दिइएको छ । सन् २०१३ मा त महिलाहरूको विशेष टुकडी नै बनाइयो । टुकडीमा कति महिला छन् भन्ने प्रस्ट छैन ।

वी भन्छिन्, ‘कहिलेकाहीँ मानिसहरू हाम्रो मजाक पनि उडाउँछन् । कुनै पनि पुरुषले यति बलिया महिलासँग बिहे गर्ने हिम्मत राख्दैनन् भन्छन् । तर हामी दृढ संकल्प र मजबूत मुटुका साथ आएका छौं । अप्ठ्यारो बेलामा हामीहरू आत्तिँदैनौं, अघि बढ्छौं ।’ – एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।