धनकुटाका एक क्रियाशिल पत्रकार सहित ५ लेखक सम्मानित

धनकुटा खबर, साउन १७ । आफ्नो पहिलो बार्षिक उत्सवको अबसरमा अग्रदीप साप्ताहिक पत्रिकाले एक क्रियाशिल पत्रकार सहित ५ लेखकहरुलाई सम्मान गरेको छ ।

पत्रिकाले मंगलबार एक पुरस्कार तथा सम्मान कार्यक्रम गरेर धनकुटाका क्रियाशिल पत्रकार सिद्धराजराई सहित आफ्नो पत्रिकामा लेख लेखेर सहयोग गर्ने लेखकहरुलाई सम्मान गरेको हो ।

सम्माननित हुनेहरुमा धनकुटा क्याम्पसका प्राध्यापक सम्भु खविडा,नेपाल पत्रकार महासंघ धनकुटाका निः वर्तमान अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे,बिदुर सुबेदी,हुकम प्रसाद दाहाल र ललित बिश्वकर्मा रहनुभएको छ ।

पत्रिकाले पुरस्कृत पत्रकार राईलाई नगद रु ५ हजार र सम्मानित सबैलाई दोसल्ला र कदर–पत्रले सम्मान गरेको छ ।

सम्मानित सबैलाई पत्रिकाको सम्पादक तथा प्रकाशक शोभिस चेम्जोङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पूर्वान्चल संयोजक गणेश पोखरेलले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक सदस्य सन्जय सन्तोषी राईले अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,पत्रिकाका कानूनी सल्लाहाकार अधिवक्ता गणेश दाहाल,सल्लाहाकार चन्द्रलाल तामाङ्ग,फनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा,प्रेस यूनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेला,साझा सन्चार नेपाल धनकुटाका अध्यक्ष भेषराज कट्टेलले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

२०७२ सालबाट धनकुटाबाट प्रकाशित यस पत्रिकाले हाल धनकुटामा सेवा दिंदै आएको पत्रिकाका कार्यकारी सम्पादक सन्तोष रुचालले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।