हल्लाखल्ला नै नगरीकन उत्तर कोरियाले गर्यो यस्तो चमत्कार…

आणविक हतियारका कारण विश्वमा खलबली मच्चाइरहेको उत्तर कोरियाले एउटा किर्तिमानी काम भने कुनै हल्लाखल्ला नगरीकनै सम्पन्न गरेको छ ।

उत्तर कोरियाले विश्वकै सबैभन्दा अग्लो होटेल निर्माण गरेको छ । राजधानी प्योंगयांगमा १ सय ५ तले उक्त भवनको हालै उद्घाटन गरिएको हो ।

सन् १९८७ देखि निमाणकार्य सुरु गरिएको रिगयोंग होटेल करीब ३० वर्षमा निर्माण पूरा भएसँगै भवन अनावरण गरियो ।

यो भवनको शिलान्यास हुने बेलामा वर्तमान तानाशाह किम जोंग उनका हजुरबा किम इल सुंग सत्तामा थिए । दुई वर्षमा निर्माण कार्य पूरा हुने भनिएको थियो तर ३० वर्ष लम्बियो । देशमा आर्थिक मन्दी तथा राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायको प्रतिबन्धका कारण होटेल निर्माण कार्य अघि बढ्न सकेन ।

सन् २०१० मा इजिप्टको ओरेस्कन कम्पनीले यो भवन निर्माण परियोजनाको ठेक्का लिने रुची देखायो । तर वर्तमान तानाशाह किम जोंग उन सत्तामा आएपछि सन् २०१२ देखि मात्र निर्माणले गति लियो । उन सत्तामा आएपछि यो होटेल भवन मात्र होइन उत्तर कोरियामा अन्य कैयन् गगनचुम्बी महलहरु ब्निरहेका छन् । त्यसमा प्योंगयांगमा रहेको ७० तले आवासीय भवन पनि एक हो ।

१ सय ५ तले किर्तिमानी भवन पिरामिड आकारको छ । कडा आर्थिक प्रतिबन्ध झेलिरहेको उत्तर कोरियाले यो भवनमा होटेल चलाउन सक्छ वा होटेल बन्द भएर त्यहाँ अन्य कार्यालयहरु स्थापना हुनेछन् त्यो चाहीँ समयले देखाउला । अहिले चाहीँ यो गगनचुम्बी होटेल भवन पूर्णरुपमा खाली रहेको छ ।

– एजेन्सीको सहयोगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।