भरतपुर १९ मा पहिलाको भन्दा कम मत खस्यो, अब केहीबेरमा मतगणना !
भरतपुर, २० साउन । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पहिलाको भन्दा कम मत खसेको छ ।
मतदानस्थलमा रहेका पत्रकार तीर्थ नेपालका अनुसार, आज साँझ सकिएको मतगणनामा २८ सय ७० मत खसेको हो । पहिलाको भन्दा २७ मत कम मत खसेको छ । यसअघि २८ सय ९७ मत मत खसेको थियो ।
भरतपुर वडा नम्बर १९ मा ३७ सय ९७ मतदाता रहेका छन् । कुल मतदाताको ७५ दशमलव ५८ प्रतिशत मतदान भएको छ ।
आज साँझ नै मतगणना सुरु हुने बताइएको छ । सर्वदलीय बैठक बस्न भने बाँकी छ ।
मतगणनाका लागि यसअघि मतगणना भएको कभर्डहललाई तै तयारी अबस्थामा राखिएको छ । मतपेटिका जम्मा भइसकेपछि साँझ ९ बजेबाट मतगणना सुरु गर्ने स्थानीय तयारी रहेको बताइएको छ ।
भरतपुर २० को ३३ सय २ मतसहित गरी अब ६ हजार १७२ मत गन्न बाँकी छ । यसअघि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको ४० हजार ९८० र माओवादी उम्मेदवार रेणु दाहालको ४० हजार १९६ मत आएको छ । देवी ७८४ मतले अगाडि छन् । २९ वडामध्ये एमाले १४, काँग्रेस १० र माओवादी केन्द्र ३ वटा वडामा विजयी भएका छन् ।


