भरतपुर २० मा रेणु र देवीको भाग्य ३०० मत भित्र कसले जित होला त ?

चितवन, २१ साउन । भरतपुर महानगरपालिकाको वडा नम्बर २० मा मत गणना सुरु भएको छ । १९ नम्बर वडामा नेपाली कांग्रेसको प्यानललै विजयी भएको छ । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार कर्णबहादुर गुरूङले १४७६ मत पाएर विजयी भए भने एमालेका प्रकाश तामाङले १०९७ मत पाएका छन् ।

यहाँ एमालेका वडाध्यक्षले पाएको मत भन्दा एमालेका मेयर देवी ज्ञवालीले पाएको मत १३१ कम हो । यही वडाबाट देवीले ९६६ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका वडाध्यक्षको भन्दा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ५३ मत बढी पाएकी छन् । उनले यो वडाबाट १५२९ मत पाइन् ।

यसअघि वडाध्यक्षमा कांग्रेस र माओवादीलाई मत हालेका १६१ मतदाताले रेणुलाई मत दिएका थिएनन् ।

वैशाख ३१ को चुनावमा वडा नम्बर १९ को १८ सय मत गन्दा देवी ज्ञवालीले पाएको मत र वडाध्यक्षका एमाले उम्मेद्वारले पाएको मत लगभग बराबर थियो । १८ सय मतमा ज्ञवालीले ६ सय ६१ मत पाएका थिए भने वडाध्यक्षका उम्मेदवार तामाङले ६ सय ५५ मत पाएका थिए ।

यस अर्थ कांग्रेसको वडाध्यक्षलाई मत दिएका कतिपय मतदाताले देवी र रेणु दुवैलाई भोट दिएका थिएका थिएनन् ।

यसपाली भने कांग्रेसका ती रूष्ट मत मात्र रेणुले आफ्नो पक्ष फर्काइनन् एमालेका पनि केही मत तानिन् । यसरी उनले १९ वडाबाट मात्र १५२९ मत ल्याइन् भने देवीले ९६६ मत पाए । जबकी अघिल्लो पटक १८ सय मत गन्दानै देवीले ६६१ मत पाएका थिए ।

यसरी रेणुले १९ नम्बर वडामा यसपालीको मतदानमा आफ्नो पक्षमा मत धेरै मत बढाएको भए पनि यो वडाको मत गनिसक्दा उनले देवीसँगको अन्तर पूर्ति गर्न सकिनन् । १९ नम्बर वडाको मत गन्नुअघि देवी र रेणुको अग्रता ८६४ थियो । अहिले १९ नम्बरको गनिसक्दा यो अन्तर २२१ मा झरेको छ । अब २० नम्बर वडाको मात्र मत गन्न बाँकी छ ।

यो अन्तर पनि पूर्ति गरेर जित्नका लागि रेणुले २० नम्बर वडामा भर पर्नुपर्नेछ । २० नम्बर वडाको मत अघिल्लो पटक पनि गनिएको थिएन । त्यो वडामा कसको कति मत छ भन्ने थाहा छैन । कांग्रेस र एमाले दुबै पार्टीले २० नम्बर वडामा आ–आफ्नो पकड रहेको दाबी गर्दै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।