भरतपुर महानगरपालिका २० मा ४२० मत गनियो, रेणु र देवीमा कस्को मतान्तर कति ? यस्तो छ ताजा अपडेट…
चितवन, २१ साउन । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार कांग्रेस–माओवादी गठवन्धनबाट मेयरकी उम्मेदवार रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाउँदै गएकी छन् ।
अहिले भरतपुर महानगरपालिकाको २० नम्बर वडाको मत गणना भइरहेको छ । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार माओवादी उम्मेदवार रेणुले एमाले उम्मेदवार देवीसँगको मतान्तर १७० मा झारेकी छन् ।
वडा नम्बर २० को ४०२ मत गणना भइसक्दासम्म एमालेका देवी ज्ञवालीले ४२ हजार ६९ मत प्राप्त गरका छन भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४१ हजार ८ सय ९९ मत प्राप्त गरेकी छन् ।
यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह ४५ हजार ८ सय २३ मतसहित फराकिलो मतअन्तरले अगाडि छन् । नेकपा एमालेकी उम्मेदवार एमालेकी दिव्य शर्मा आचार्यले ३८ हजार ७ सय १५ मत प्राप्त गरेकी छन् ।


