२ हप्ताभित्र भारतीय सेनालाई खेद्न सकिन्छ, सैन्य अभियानको तयारी हुँदैछ : चीन

काठमाडौं, २१ साउन (एजेन्सी) । सिक्किमको डोकलाम क्षेत्रमा भारतसँग जारी विवादका बिच चीनका एक विशेषज्ञले बेइजिङको तर्फबाट सानो सैन्य अभियानको आशंका जताएका छन् । उनले भने, ‘चीन डोकलाममा लामो समयसम्म गतिरोधको स्थिती बनाइराख्ने अनुमती दिन सक्दैन त्यसकारण त्यहाँबाट भारतीय सैनिकलाई हटाउनका लागि दुई हप्ताभित्र मिलिट्री अपरेशन गर्न सकिनेछ ।’

स्मरण रहोस्, सिक्किम सेक्टरमा भूटान ट्राइजक्शन नजिकै चीन एक सडक बनाउन चाहन्छ र भारत यसको विरोध गरिरहेको छ । करिब दुई महिनादेखि यो इलाकामा भारत र चीनका सैनिक आमने–सामने छन् ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले शनिबार प्रकाशन गरेको एक लेखमा चीनियाँ विशेषज्ञ हू झियोंन्गले यस्तो बताएका हुन् । पत्रिकाले यो लेखलाई ‘Military clashes possible as border standoff drags on’ टाइटल दिएको छ । जस अनुसार चीनियाँ विशेषज्ञले पछिल्लो २४ घण्टाको क्रममा डोकलाम विवादमा आएका ६ मन्त्री र इन्स्टिट्युशनको बयानपछि सानो मिलिट्री अपरेशनको आशंका जताएको छ ।

हू झियोंन्ग सांघाई एकेडेमी अफ सोसल साइन्सका इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसन्समा अनुसन्धानकर्ता हुन् । उनका अनुसार चीन आफ्नो सैन्य अभियान सुरु गर्नुपूर्व भारतको विदेश मन्त्रालयलाई पनि यसबारे जानकारी दिनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।