रेणु दाहाल लाई बधाईको ओईरो, पहिलो बधाई बुबा प्रचण्डले दिए

भरतपुर महानगरपालिकाको वडा नम्बर २० को आधा मात गनिनसक्दै माओवादी केन्द्र-काँग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालले कसैले नसोचेको मतान्तर घटाएकी छन् ।

पछिल्लो मतले काँग्रेस र माओवादी केन्द्रलाई उत्साहित बनाएको छ । यति छिटो मतान्तर घट्ला भन्‍ने माओवादी केन्द्रका नेताहरुले कल्पना समेत गरेका थिएनन् ।

नजिकबाट प्रतिस्पर्धा भइरहँदा रेणुलाई बधाई दिनेको ओहिरो लागेको छ । मतगणनास्थल बाहिर रहेका माओवादी केन्द्रका एक जिल्ला नेताका अनुसार रेणुका शुभचिन्तक, आफन्त र पार्टीका नेता कार्यकर्ताहरुले बधाई दिन फोन गरेर बधाइ दिइरहेका छन् ।

मतान्तर ह्वात्तै घटेसँगै रेणुका बुबा तथा माओवादी केन्द्रका अध्‍यक्ष प्रचण्डले फोन गरेर बधाई दिएका छन् । ‘रेणु दिदीलाई अध्यक्ष कमरेडले फोन गरेरै बधाई दिनु भएको छ’ एक नेताले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।