एक मतले चुनाव जितेका अध्यक्ष साउद भन्छन्,-‘देवी ज्ञवाली एक मतले भएपनि चुनाव जित्छन्, नआत्तिनुस् ।’
अछाम, २१ साउन । भरतपुर महानगरपालिकामा मेयरमा अन्तिममा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले नै जित्ने दाबी गरिएको छ ।

एमालेबाट अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हर्क साउँदले देवी ज्ञवालीले एक मतले भएपनि जित्ने बताउँछन् ।
चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा एक मतले चुनाव जितेका साउद भन्छन्- ‘देवी ज्ञवाली एक मतले भएपनि चुनाव जित्छन्, नआत्तिनुस् ।’
भरतपुरमा कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले एमालेसँग निरन्तर मतान्तर घटाउँदै बराबरीमा आइपुग्दा एमाले नेता कार्यकर्ता निराश भएपछि साउदको यस्तो प्रतिक्रिया आएको हो । उनले अहिले नै हरेश नखान नेता कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।


