उल्टियो नजिता भरतपुरमा, देवीलाई रेणुले पछि पार्दा मतगणना स्थगित

चितवन २१ साउन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नजिता रोचक बनेको छ । मतगणनाको सुरुवातदेखी नै अगाडि रहेका नेकपा एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीलाई पछि पार्दै माआवादी केन्द्रकी उम्मेदवार रेणुले झिनो अग्रता लिएकी छिन् ।

वडा नम्बर २० को २ हजार मत गणना हुँदा एमालेका ज्ञवाली माओवादी–कांग्रेस उम्मेदवार रेणु दाहालभन्दा ७५ मतले पछि परेका छन् । २० नम्वर वडाको मतगणना सुरु हुँदा रेणु २ सय २१ मतले पछि थिइन् ।

वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेकोमा अब १ हजार २ सय २ मत गन्न बाँकी छ ।

मतगणनास्थलमा खटिएका नेकपा एमालेका प्रतिनिधि खाजा खान भनेर निस्किएपछि केहीबेरका लागि मतगणना रोकिएको छ । उनीहरु फर्किए पछि मतगणना पुनः सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖