विप्लव नेतृत्व पार्टीका ४५० जना कार्यकर्ताद्वारा पार्टी परित्याग

भक्तपुर, साउन २२ । नेत्रविक्रम चन्द नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ४५० जना नेता तथा कार्यकर्ताले संयुक्त रुपमा पार्टी परित्याग गरेका छन् ।

भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

जनयुद्धको लक्ष्य विपरित पछिल्लो समय नेतृत्वले मनोगतवादी चिन्तन, अकर्मण्यतावाद, गोलचक्करवादी कार्यदिशा अंगिकार गरेको ठहर गर्दै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।

अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका केन्द्रीय संयोजक युवराज आचार्यले अमूर्त दिशाहीन आन्दोलनले मुलुक अघि बढ्न नसक्ने निष्कर्षसहित आफूहरुले पार्टी परित्याग गरेको जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖