पार्टी विभाजन पछि राप्रपा कार्यालयमा राणाको कब्जा, कमल थापा फर्किए पुरानै घर !
काठमाडौं २३ साउन । पार्टी विभाजन पछि काठमाडौंको चावहिलमा रहेको राप्रपा पार्टीको केन्द्रीय कार्यालय नवगठित राप्रपा प्रजातान्त्रिकले कव्जा गरेको छ । पशुपति शमशेर राणा नेतृत्वमो राप्रपा प्रजातान्त्रिकले साविकको राप्रपाको कार्यालयमा कव्जा जमाएको हो । राणाले दान गरेको जग्गामा राप्रपाको पार्टी कार्यालय बनेको थियो ।
राजधानीको चावहिलमा रहेको राप्रपाको केन्द्रीय कार्यालय राणा समूहको नवगठित राप्रपा प्रजातान्त्रिकले कब्जा गरेको हो । चावहिलस्थित राणाले दान गरेको जग्गामा राप्रपाको पार्टी कार्यालय बनेको थियो ।
६ महिनाअघि राप्रपा नेपाल र राप्रपाबीच एकीकरण हुँदा धुम्बराहीमा रहेको कार्यालय चावहिलमा सारिएको थियो । चावहिलको पार्टी कार्यालयमा सोमबार राण समूहको राप्रपा प्रजातान्त्रिकको बैठक चलिरहेको छ ।
राणा समूहले कव्जा जमाएपछि कमल थापा राप्रपा नेपालको पुरानो कार्यालय रहेको धुम्बराही फर्केका छन् । राप्रपा नेपालको पार्टी कार्यालयमा कमल थापा समूहको बैठक बसिरहेको छ ।


