कमल थापालाई काँध हाल्ने सांसदहरु एकाएक सम्बन्ध विच्छेद गरेर अर्को क्याम्पमा प्रवेश, को-को गए राणा क्याम्पमा ?

धनकुटा खबर, काठमाडौं । ‘बलेको आगो ताप्ने’ भन्ने नेपाली उखानलाई शिरोधार्य गर्दै कमल थापालाई पहिले काँध हाल्ने सांसदहरु एकाएक थापासँग सम्बन्ध विच्छेद गरेर अर्को क्याम्पमा प्रवेश गरेका छन् ।

फाईल तस्विर

कमल थापाले पूर्व राप्रपा नेपालले प्राप्त गरेको समानुपातिक मतका आधारमा २७ सांसद बनाए थिए । तर, पार्टी एकता भएको साँढे ८ महिनामा विभाजन हुँदा १० जना सांसदले छाडेर क्याम्प नै परिवर्तन गरेका छन् ।

पहिले अध्यक्ष थापा क्याम्पमा रहेका ती सांसदहरुले साउन ४ मा बसेको केन्द्रिय समितिको बैठकपछि मात्रै क्याम्प परिवर्तन गरेका थिए । अहिले उनीहरु पूर्व राप्रपा अध्यक्ष पशुपति समशेर राणा क्याम्पमा प्रवेश गरेका छन् ।

यसरी क्याम्प परिवर्तन गर्नेहरुमा विराज विष्ट, सीता लुइटेल, कमलादेवी शर्मा, धानो महरा, राजेश्वरी देवी, शयन्द्र वान्तवा, रमेशकुमार लामा, रामकुमार सुब्बा, लिलादेवी श्रेष्ठ र बबिना मोक्तान छन् ।

यसअघि पूर्व राप्रपामा रहेका सुनिल थापा, दिपक बोहोरा, विक्रम पाण्डे, पर्शुराम तामाङ, जयन्त चन्द, आनन्दी पन्त, सरोज शर्मा, गीता सिंह, इस्तियाक अहमद खान, राज्यलक्ष्मी श्रेष्ठ, रेशमबहादुर लामा र लक्ष्मी थापा पासवान पनि हाल राणा क्याम्प मै छन् । १३ जनामा सूर्यबहादुर थापाको मृत्यु भएपछि सो स्थान अझैं रिक्त छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।