कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं २४ साउन । कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ताको तयारी गरेको छ । विभाजनको चोटमा परेको राप्रपाले पार्टी विभाजनमा सत्तारुढ दलको समर्थन रहेको आरोप सहित सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको स्रोतको दावी छ ।

ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा जारी बैठकमा बोल्ने अधिकाशं केन्द्रीय सदस्यहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

मंगलवार नै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको राप्रपा स्रोतको दावी छ । बैठकपछि दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन मार्फत पार्टीको धारणा सार्वजानिक गर्ने तयारी भएको एक नेताले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।