लालबन्दी नगरपालिकामा एमालेले उम्मेदवारको टुंगो लगायो, उमेद्वार भन्छन,- हामी जित्नेमा ढुक्क छौं

सर्लाही, साउन २४ । आगामी असोज २ गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा लालबन्दी नगरपालिकामा एमालेले लोकप्रिय नेता मानबहादुर खडकालाई मेयर र नेतृ शान्ति लामालाई उपमेयरको उम्मेदवार बनाउने टुंगो लगाएको छ । प्रतिस्पर्धी दलहरु आन्तरिक बिवादमा फसिरहेको बेला एमालेले सर्वसम्मत रुपमा बिकाशप्रमी र जनतामाझ लोकप्रिय खडका र लामालाई उम्मेदवार घोषणा गरेको हो ।

‘लालवन्दीमा एमालेको जीत निश्चित जस्तै छ, सवै दलहरु एक भएर हामीबिरुद्ध आएपनि पराजित गर्छाै, जनता मुलुकको राष्ट्रिय स्वाभिमान, संमृद्धि र एमालेले अघि सारेको बिकाशका कामलाई अघि बढाउन चाहिरहेका छन,’ मेयरका उम्मेदवार खडका र उपमेयर उम्मेदवार लामाले भन्नुभयो, ‘हामी जित्नेमा ढुक्क छौं, तर धेरै भन्दा धेरै मत अन्तरमा पराजित गर्न दिनरात सवै नेता कार्यकर्ता मेहनत गरिरहनु भएको छ ।’

लालवन्दीमा एमालेको जीत निश्चित जस्तै छ, सवै दलहरु एक भएर हामीबिरुद्ध आएपनि पराजित गर्छाै, जनता मुलुकको राष्ट्रिय स्वाभिमान, संमृद्धि र एमालेले अघि सारेको बिकाशका कामलाई अघि बढाउन चाहिरहेका छन, हामी जित्नेमा ढुक्क छौं, तर धेरै भन्दा धेरै मत अन्तरमा पराजित गर्न दिनरात सवै नेता कार्यकर्ता मेहनत गरिरहनु भएको छ
सूर्य ध्वजाबहाक खडका र लामाले सर्लाहीका मतदाता एमालेलाई जिताउन आँतुर रहेको बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।