चुनाव जितेपछि के गर्दैछिन रेणु दाहाल ? : भन्छिन्,- जनताको योजना बुझेर कामलाई तीव्रता दिन्छु

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहाल मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेकी छिन् । उनीसगैँ उपमेयर पार्वती शाह पनि धन्यवाद घरदैलोमा सक्रिय छन् । नेपाल कै महानगरको पहिलो महिला मेयर बनेकी रेणु दाहल दुईदिन यता वडा १९ र २० मा जनताले आफुहरुलाई बधाई लिन आउन आग्रह गरे अनुसार नै सक्रिय भएको बताईन् ।

चितवनमा विगतमा जितेका उम्मेदवारहरु गाउँ नपस्ने आरोप लागिरहेका बेला अहिले गाउँ टोलसम्म पुगेका हुन् । क्रमैसँग सबै वडामा धन्यावाद ज्ञापन, बधाई सँगै उनी स्थानीयको सुझाव समेत लिएकी छिन् । मेयर र उपमेयरसहित वडा अध्यक्षहरु विजयी बनाउने सबै मतदाता, शुभेच्छुक, शुभचिन्तक हरुलाई धन्यवाद दिन जनताको घरघरमा पुगेको उनले बताइन् ।

जनताको घरघर गई समस्या सुन्ने र त्यसको समाधानमा लागि पर्ने मेयर रेणु दाहालले बताईन् ।जनतासंग भोट मागियो, जनताले भोट दिएर जिताए, त्यसैले अहिले विजयी र्र्यालीसंगै घरदैलोमा गएर जनतासंग समस्या पनि बुझ्ने गरेको छु’—रेणुले भनिन्, ‘धन्यवाद मात्र होईन् अब कुन विकास पहिला र कसरी भन्ने बारेमा सुझाव समेत लिएको छ ।’

विगतमा जितेपछि नेताहरु जनताको घरमा फर्किएनन् भनेर गुनासो आउने गरेकाले आफू विजयी भएदेखि नै जनताको घरदैलोमा जान थालेको बताउँदै उनले आगामी दिनमा पनि जनताको घरदैलोमा पुगेर उनीहरुको सुख दुःखमा साथ दिने बताईन् । चुनावमा विजयी भएको घोषणासँगै आफुहरु कार्यकर्ता र मतदातासम्म पुग्न हतार भएको उमेयर पार्वती शाहले बताईन् ।

‘गाउँ गाउँमा बुनेर राखेको माला सुक्न लागेको भन्दै मतदाताले बोलाईएको छ ’ नवनिर्वाचत मेयर रेणुले भनिन् ‘चुनाव अगाडिको भन्दा बढी हौसला जितेपछिको घरदैलोमा भएको छ ।’ पहिला भोट माग्दा किन दिने भन्ने प्रश्न गर्ने मतदाताहरु विजयीभएसँगै घर बाहिर घडा राखेर स्वागतमा निस्कीएका छन् । अब विकास जनप्रिय काम गरेर देखाउन चुनौति थपिएको छ । गाउँमा आफुहरु पुग्दामा जनताले सबै भन्दा बाटोघाटो निर्माण, स्वास्थ्य शिक्षा र पर्यटन, आयआर्जन र सीपमूलक कामलाई प्रथामिकतामा राख्न सुझाव दिएको मेयर दाहालको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।