फ्रान्सको राजधानी पेरिसस्थित एक सैनिक ब्यारेकमा आक्रमण, ६ सैनिक घाइते

काठमाडौं, २५ साउन । फ्रान्सको राजधानी पेरिसस्थित एक सैनिक ब्यारेकमा बुधवार भएको आक्रमणमा ६ सैनिक घाइते भएका छन् । एउटा कार प्रतिआतंकवादी गस्तीमा जोतिन पुग्दा ती सैनिकहरू घाइते भएका हुन् ।

प्रहरीले कारचालकलाई खोजिरहेको छ । ऊ आक्रमण गराएपछि त्यहाँबाट भागेको थियो । स्थानीय समयअनुसार बिहान ८ बजे भएको घटनामा दुई सैनिक गम्भीर घाइते भएको बताइएको छ ।

उक्त कार बीएमडब्ल्यू रहेको र ब्यारेकबाट निस्किँदै गरेका सैनिकहरूको समूहमा जोतिएको अनि त्यहाँबाट तीव्र गतिमा भागेको पेरिस प्रहरीले बतायो ।

यी सैनिकहरू प्रतिआतंकवादी कारवाहीका लागि तैनाथ अपरेसन सेन्टीनेलका हिस्सा हुन् । सन् २०१५ मा पेरिसमा भएको आक्रमणपछि उनीहरूलाई तैनाथ गरिएको हो ।

यसअघि शनिवार १८ वर्षीय एक युवकलाई आईफल टावरमा छुरी हल्लाइरहेको अवस्थामा पक्राउ गरिएको थियो । ऊ ‘अल्लाहू अकबर’ चिच्याइरहेको थियो ।

पछि उसले प्रहरीलाई आफूले कुनै सैनिक मार्न चाहेको बताएको थियो । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।