भारत बिरुद्ध जुनसुकै कदम चाल्न बाध्य हुने चीनको चेतावनी, युद्धअभ्यासमा चिनियाँ सेना, दर्जनौं क्षेप्यास्त्र प्रहार

बेइजिङ । चिनियाँ सेनाले युद्धका लागि तयारी अवस्थामा रहने उद्देश्यले युद्धअभ्यास गरेको छ । भारतसँगको तनाव, उत्तर कोरियाद्वारा लगातार परमाणु परीक्षण र दक्षिण चीन सागरमा बढ्दो अन्तर्राष्ट्रिय हस्तक्षेप लगायतका पृष्ठभूमिबीच चीनले युद्धअभ्यास गरेको हो ।

चिनियाँ वायुसेना र नौसेनाको टोली संयुक्त युद्धअभ्यासमा सहभागी थिए । चिनियाँ रक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित विवरणअनुसार ‘यल्लो सी’ र बोहाई खाडीमा युद्धअभ्यास गरिएको हो । युद्धअभ्यासका क्रममा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका थिए ।

युद्धअभ्यासमा नौसेनाको दर्जनौं पोत र वायुसेनाका १० भन्दा बढी लडाकु विमान सामेल थिए । रक्षा मन्त्रालयका अनुसार आफ्नो हतियारको परीक्षण र तटीय हमला र हवाई लक्ष्यमा अचुक निशानाका लागि सैन्य क्षमता विकास गर्ने उद्देश्यले युद्धअभ्यास गरिएको हो ।

चीनले आफ्नो समुद्री क्षेत्र दाबी गर्दै आएको दक्षिण चीन सागरमा पछिल्लो समय अमेरिका लगायतले हस्तक्षेप गर्दै आएका छन् । केही अघि अमेरिकी युद्धपोत दक्षिण चीन सागर क्षेत्रमा पुगेको थियो । त्यस्तै भारतसँग दोकलाममा सैन्य तनाव कायम छ । भुटान र चीनबीचको सीमा क्षेत्रमा भारतीय सेना र चिनियाँ सेना आमने–सामने अवस्थामा छन् । सो क्षेत्रमा भारतीय सेनाको उपस्थितिलाई चीनले कडा आपत्ति जनाउँदै आएको छ ।

‘भारत बिरुद्ध सेना परिचालन हुनसक्छ’

चीनले आफ्नो राष्ट्रिय अखण्डता र स्वार्थको रक्षाका लागि जनमुक्ति सेना कार्वाहीमा उत्रन सक्ने बताएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वामा मंगलबार साँझ प्रकाशित सम्पादकीयमा भारत बिरुद्ध चीनको जनमुक्ति सेना परिचालन हुनसक्ने उल्लेख छ । चीनले आफूलाई कम नआक्न भारतलाई चेतावनी दिएको छ ।

राष्ट्रिय सावैभौमिकता, सुरक्षा र विकासका हितको रक्षाका लागि चिनियाँ सेनाको निर्माण भएको सम्पादकीयमा उल्लेख छ । ‘भारतले यदी चीन सो ठाउँबाट हट्छ भन्ने सोचेको हो भने त्यो गलत हो । चीन त्यहाँबाट फिर्ता हुने वाला छैन । किनकी यो चीनले गरेको गल्ती होइन । चीन आफ्नो स्वार्थमा हानी पुग्ने काम गर्दैन’ अगाडी भनिएको छ ।

‘आजका मितिसम्म चिनियाँ फौज अधिकतम सहेर बसेको छ । तर सहनशीलताको पनि सीमितता हुन्छन् । त्यसरी चुप बस्ने संभावना हरेक दिन कम हुंदै गएका छन्’ सम्पादकीयमा भनिएको छ ।‘अन्ततोगत्वा चीनले आफ्नो हितका लागि जे गर्नुपर्छ,त्यो गर्ने नै छ’ सम्पादकीयमा भनिएको छ ‘भारतले भ्रमहरु त्यागोस् र कहालीलाग्दो परिणाम आउनबाट आफूलाई बेलैमा टाढा राखोस् ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।