चुनाव नजिकिँदै गर्दा मधेसमा एमाले प्रवेशको लहर, राजपाका नेताहरू एमालेमा प्रवेश

काठमाडौं, २५ साउन । २ नं. प्रदेशको निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न मधेस केन्द्रित दलका नेताहरूले एमालेप्रति रुचि देखाउन थालेका छन् ।

एमालेले मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याउने अभियान नै थालेको छ ।

एमालेमा मधेसका नेताहरू कमलनारायण यादव, प्रमोद यादवसहितका नेता तथा कार्यकर्ताहरू प्रवेश गर्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

एमालेमा प्रवेश गर्न तयार रहेका नेता तथा कार्यकर्ताहरूलाई एमालेका अध्यक्ष केपी ओलीले बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा विशेष कार्यक्रम गरेर भित्र्याउनु हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।