राप्रपाद्वारा वरिष्ठ नेता पशुपतिशम्शेर राणा लगायतलाई पार्टीबाट निष्कासन

सरकारमा सहभागी हुन्छौँ : राणा

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई आज पार्टीबाट निष्कासन गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विभाजन गर्न प्रयत्न गरेकाले ती नेतालाई कारबाही गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यसअघि पनि पार्टीले १९ नेतालाई कारबाही गरिसकेको छ ।

बैठकले आगामी भाद्र मसान्तभित्र पाँचै विकास क्षेत्रमा सनातन धर्म सम्मेलन, सातै प्रदेशमा गाउँ, नगर, क्षेत्र र जिल्ला अध्यक्षको भेला गर्ने निर्णयसमेत गरेको छ । बैठकले भदौको पहिलो साता काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम विभिन्न तहमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले भ्रष्टाचारविरुद्ध विभिन्न तहमा संघर्ष गर्ने निर्णय गरेको छ भने प्रदेश नं २ मा प्रदेशस्तरीय स्थानीय तह निर्वाचनको तयारीमा जुटु्न सम्पूर्ण नेता, कार्यकर्तालाई निर्देशन समेत दिएको छ । यही साउन २३ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक आज सम्पन्न भएको छ ।

सरकारमा सहभागी हुन्छौँ : राणा

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले आफूहरु मुलुकको दीर्घकालीन हितका लागि संविधान संशोधनको पक्षमा रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले मधेशी जनताको भावनालाई समेटेर त्यहाँका विद्यमान समस्या समाधान गरी मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । आफ्नो पार्टीले सरकारलाई समर्थन गरिसकेकाले सरकारमा जाने बताउँदै अध्यक्ष राणाले निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि त्यसबारे आधिकारिक निर्णय लिइने जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।