आफैंले बनाउँदै गरेको बम विस्फोटमा ३० जना तालिबान मारिए

अफगानिस्तान, साउन २७ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानहरुले आफैंले बनाउदै गरेको बम विस्फोटमा परी कम्तीमा ३० तालिवान आतंककारी मारिएका छन् ।

उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले शुक्रबार (आज) अपरान्ह सो विस्फोट भएको जनाकारी दिएका छन् ।

बाला बुलुक जिल्लाको पेवा पासे इलाकामा बिहीबार (हिजो) सो विस्फोट भएको थियो । तालिवान आतंककारी समूहले सुरक्षाबलको नासिर मेरीमा रहेको आखडालाई आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा सो विस्फोट भएको थियो ।

आत्मघाती आक्रमणको लागि ज्याकेट तयार गर्दै गरेका आक्रमणकारीबीच भएको यस विस्फोटमा परी कम्तीमा ३० तालिवान आतंककारी मारिएका प्रवक्ताले जानकारी दिएका छन ।

सो विस्फोटको क्रममा केही आतंककारी घाइतेसमेत भएका थिए । प्रहरीले त्यसमा परी अरु धेरै आतंककारी मारिएका हुनसक्ने बताएका छन् । तर, अचानक भएको यस विस्फोटको तालिवान आतंककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

अफगानिस्तानका विभिन्न इलाकामा गत अप्रिलबाट भीषण आक्रमण गर्दै आएका तालिवान आतंककारी समूहले गरेको आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ जना घाइते भएका छन् । रासस/सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।