रैथाने भन्छन् नर्कको द्वार हो, वैज्ञानिक भन्छन् भूत, वर्तमान र भविष्य वास्तबमा यो के हो त ? – पढनुहोस

साइबेरियाको याना नदीको घाँटीसंगैको एक जंगलमा अजीव खाल्डो छ । यसलाई बाटागैका क्रेटरको नामले चिनिन्छ।

यो करिब १ किलोमिटर लामो, ८५ मिटर चौडा र २८३ फिट गहिरो छ। तर यो आंकडा छिट्टै बदलिनसक्छ किनकी यो तीव्ररुपमा बढ्दै छ।

केही स्थानीय यहाँ जान मान्दैनन्। बीबीसीले लेखेको छ, त्यहाँका स्थानीय यसलाई नर्कको द्वार भन्छन्। तर वैज्ञानिक यसलाई विगतमा जाने बाटो बताइरहेका छन। यहाँ पृथ्वीको २ लाख वर्षको विस्तृत इतिहास छ। साथै यसले जलवायु परिवर्तनका कारण भविष्यमा देखिने प्रभावबारे पनि जानकारी दिने छ।

कुनै विशाल जनावर झै यसको शिर पहिले देखिन्छ। बाटागैका क्रेटर नाटकिए ढंगले देखिएको हो।

त्यहाँ स्थायी रुपमा रहेको बरफ पग्लिदाँ यो क्रेटर देखिनआएको बताइन्छ।

जर्मनीको अल्फ्रेड वेगनर इन्स्टिट्युटका फ्र्याङ्क गुन्टर र उनका साथीहरुको अध्ययन अनुसार यसको आकार निरन्तर बढ्दो छ, यसका भित्ता हरेक वर्ष करिब १० मिटरले सर्दै छ। जुन वर्ष सो क्षेत्रमा तापक्रम अधिक हुन्छ, त्यो वर्ष ३० मिटरले बढेको देखिएको छ।

गुन्टर र उनका साथीहरुले यो ठाउँको करिब १० वर्षसम्म अध्ययन गरेका थिए।

यो खाल्डोले एकै समयमा भूत, भविष्य र वर्तमानबारे जान्ने अवसर दिन्छ।

यहाँको हिलो माटोको पत्र-पत्रको अध्ययनले दुई लाख वर्ष पहिले सो क्षेत्रको वातावरण कस्तो थियो जानकारी दिन्छ। रुखहरुका अवशेष, जनावरको अवशेषबाट थाहा हुन्छ कि कुनै समय यहाँ घना जंगल हुनुपर्छ।

जलवायु परिवर्तन

यहाँको भूगर्भीय जानकारीले भविष्यमा यो इलाकाले ग्लोबल वार्मिङलाई कस्तो रुपमा लिनेछ भनी बुझ्न मद्धत गर्नेछ।

यो खाल्डोमा भइरहेको विकासक्रमले संकते गर्छ कि यहाँ स्थायी रुपले जमिरहेको वरफमा जलवायु परिवर्तनले कस्तो प्रभाव पारेको छ ।

इङ्गल्याण्डको ससेक्स विश्वविद्यालयका प्रेमाफ्रोस्ट साइन्सका प्रोफेसर जुलियन मुर्टन भन्छन्, ‘यो खाल्डो सन् १९६० को सुरुवाती दशक देखि देखिन सुरु गरेको हो।’

यो इलाकामा ठूलो सङ्ख्यामा जंगल कटानी भएको थियो। यसको अर्थ गर्मी मौसमा यो इलाकामा रुखको छायाँ बाँकी भएन। सूर्यको प्रकाश जमिनमा सिधै पर्दा इलाका पुरैको तापक्रममा पनि वृद्धि हुन पुग्यो।

जमिनमा यसरी जमेको वरफ पग्लिदाँ यो इलाकामा खाल्डो मात्र होइन भविष्यमा तलाउ अनि झरना पनि देखिने छ।

वैज्ञानिहरु अझै पनि त्यहाँको हिलो माटोको परिक्षण गर्दै छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।