बाढीप्रभावितको उद्धारका लागि एमालेले तराईमा खटायो १४ वटा केन्द्रीय टोली !

​राहत र उद्दारमा अनेरास्ववियुका सबै नेता कार्यकर्ता स्वयंसेवकका रुपमा खटाउने

काठमाडौं, २९ साउन । एमाले मोर्चा संगठनको बैठकले बाढी प्रभावित १४ जिल्लामा उद्धार र राहतको काम गर्न टोली खटाउने निर्णय गरेको छ । विभिन्न जनसंगठनको समन्वय गर्ने मोर्चा संगठनको आइतबार बसेको बैठकले बाढी प्रभावित जिल्लामा उद्धार राहतका लागि केन्द्रीय टोली खटाएको हो ।

मोर्चा संगठन प्रमुख गोकर्ण बिष्टको अध्यक्षतामा बसेको बैठकले पार्टीको सम्पूर्ण शक्ति उद्धार र राहतमा केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकले बाढी प्रभावित जिल्लाहरुका जिल्ला कमिटीहरु, जनसंगठनका स्थानीय कमिटीहरु, रेडक्रसलगायतका विभिन्न सामाजिक संघ, संस्थाहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतस“ग समन्वय गरी तत्कालै उद्धार र राहत कार्यमा जुट्ने निर्णय समेत गरेको छ ।

उद्धार र राहतका लागि एमालेले सप्तरीमा युवा संघ नेपाल र भूमिहीन सुकुम्बासी संगठन, सिराहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक मधेसी संगठन, सर्लाहीमा अखिल नेपाल किसान महासंघ, रौतहटमा नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस, बारामा खेलकूद महासंघ, पर्सामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), झापामा जनसांस्कृति महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ, सुनसरीमा उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, बर्दियामा भूपू सैनिक संगठन, बा“केमा मानवअधिकार एलान्यस र कपिलवस्तुमा : मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघलाई उद्धारको काममा संयोजन गर्नेगरी परिचालित गर्ने निर्णय गरेको छ ।

बैठकले कोसी बाँधका ढोका समयमै खोल्न समयमै कुटनीतिक पहल नगरेकोप्रति समेत दुःख ब्यक्त गरेको छ । विस्थापित नागरिकलाई वसोवासको ब्यवस्था गर्न एमालेले सरकारसँग माग समेत गरेको छ ।

बैठकले प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचन तयारीका लागि २०७४ भदौ १० गते काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण मोर्चा संगठनका सदस्यहरुको बृहत भेला गर्ने साथै ०७४ भदौ १३ गते धनुषाको जनकपुरमा प्रदेश नं. २ स्तरको मोर्चा संगठनहरुको बृहत भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।

अनेरास्ववियुका सबै नेता कार्यकर्ता बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा स्वयंसेवकका रुपमा खटाउने निर्णय

अनेरास्ववियुले देशमा बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत संकलन अभियान सुरु गर्ने भएको छ । शुक्रबारदेखि सुरु भएको अबिरल बर्षाका कारण तराईका जिल्लाहरुमा डुबानका कारण ४७ जनाको मृत्यु भइसकेको छ भने कयौं बेपत्ता छन् ।

सयौंको संख्यामा घाइते भएका छन् । सुनसरी, मोरङ, कैलाली, दाङ, बर्दिया, चितवन, सिन्धुली, महोत्तरी, धनुषा, झापा लगायतका जिल्लामा बाढी पहिरो र डुबानबाट ठूलो धनजनको क्षति भएको छ ।

देशमा प्राकृतिक विपत्ति परेकाले अनेरास्ववियुले हरेक बर्ष मनाउँदै आएको तीज विशेष कार्यक्रम समेत नगर्ने निर्णय गरेको छ । आज बसेको अनेरास्ववियु स्थायी समितिले तीज नमनाउने निर्णय गर्नुका साथै बाढी पीडित जनताका लागि राहत संकलन अभियानमा लाग्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिएका छ्न । बैठकले अनेरास्ववियुका सबै नेता कार्यकर्ता बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा स्वयंसेवकका रुपमा खटाउने निर्णय गरेको छ ।

यसैबीच, देशमा बिषम परिस्थिति सृजना भएकाले अनेरास्ववियु केन्द्रीय कमिटीको भदौ २ गतेदेखि ५ गतेसम्म चितवनको भरतपुरमा तय गरेको बैठक समेत स्थगित भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।